Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सानिमा बैंकका ग्राहकहरुलाई स्काईवाक टावरको टिकटमा १० प्रतिशत छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काईवाक टावरको टिकटमा १० प्रतिशत छुट

अर्थ प्लस
सानिमा बैंकका ग्राहकहरुलाई स्काईवाक टावरको टिकटमा १० प्रतिशत छुट

काठमाडौं, वैशाख २५ । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न वन्डर्स नेपाल प्रा. लि.मा छुटको व्यवस्था गरेको छ ।

उक्त व्यवस्था अन्तर्गत सानिमा बैंकको भिसा डेबिट/क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा स्काईवाक टावरको टिकटमा १० प्रतिशत छुट पाउने भएका छन् ।

उक्त समझदारी पत्रमा वन्डर्स नेपाल प्रा.लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र प्रसाद श्रेष्ठ तथा सानिमा बैंक लि.को तर्फबाट प्रमुख डिजिटल बैंकिङ्ग बिक्रम श्रेष्ठले हस्ताक्षर गरे ।
बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा ए.टि.एम.हरु संचालनमा रहेका छन् ।

सम्बन्धित समाचार