Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

बैशाख महिनाका लागि ९ बैंकले व्याजदर घटाउदा १० वटाकाे स्थिर, कुनकाे कति ?

बैशाख महिनाका लागि ९ बैंकले व्याजदर घटाउदा १० वटाकाे स्थिर, कुनकाे कति ?

अर्थ प्लस
बैशाख महिनाका लागि ९ बैंकले व्याजदर घटाउदा १० वटाकाे स्थिर, कुनकाे कति ?

काठमाडाैँ / हाल सञ्चालनमा रहेका वाणिज्य बैंकहरूमध्ये ९ वटाले वैशाख महिनाका लागि व्याजदर घटाएकाे छ । बैंकले सार्वजनिक गरेको नयाँ तालिकाअनुसार ९ वटा बैंकले व्याजदर घटाएर व्यक्तिगततर्फ ५ प्रतिशतभन्दा तल झारेकाे हाे । कृषि विकास बैंककाे ब्याजदर बढ्दा १० बैंककाे व्याजदर भने यथावत नै रहेकाे छ । 

बैंकहरूले सार्वजनिक गरेको विवरणअनुसार प्राइम कमर्शियल बैंक, नेपाल बैंक, ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र एनएमबि बैंकले व्याजदर स्थिर राखेका छन्।

त्यस्तै, ९ बैंकले व्यक्तिगततर्फ निक्षेपमा ब्याजदर घटाएका छन्। उक्त सूचीमा एभरेष्ट बैंक, कुमारी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, सिटिजन्स बैंक इन्टरनेशनल, हिमालयन बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन्।

ब्याजदर घटाउनेमध्ये सिद्धार्थ बैंक र एनआईसी एशिया बैंकले मुद्दती निक्षेपमा व्यक्तिगत तथा संस्थागत दुवैतर्फ अधिकतम ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाएका छन्। 

हिमालयन बैंकले व्यक्तिगत र संस्थागत निक्षेपमा क्रमशः ०.५० र ०.२५ प्रतिशत विन्दुले कटौती गरेको छ। अन्य बैंकहरूले भने मुख्य रूपमा व्यक्तिगत निक्षेपतर्फ दर समायोजन गरेका छन्। नबिल बैंकले संस्थागत निक्षेपमा मात्रै ०.५४ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ।

यता, कृषि विकास बैंकले भने साधारण बचतदेखि संस्थागत मुद्दती निक्षेपसम्मका दरमा ०.०३ प्रतिशत विन्दुले व्याज बढाएकाे हाे । 

Note.JPG

सम्बन्धित समाचार