Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

ललितपुरमा फोहोर संकलनका लागि पहिलोपटक विद्युतीय सवारी प्रयोग

ललितपुरमा फोहोर संकलनका लागि पहिलोपटक विद्युतीय सवारी प्रयोग

अर्थ प्लस
ललितपुरमा फोहोर संकलनका लागि पहिलोपटक विद्युतीय सवारी प्रयोग

काठमाडौं । ललितपुर महानगरपालिकाले फोहोर व्यवस्थापनलाई आधुनिक र वातावरणमैत्री बनाउने उद्देश्यले ११ थान विद्युतीय वेस्ट कलेक्सन गाडी प्रयोगमा ल्याएको छ। MAW Vriddhi द्वारा उपलब्ध गराइएका Foton TM1 मोडेलका यी सवारी नेपालमै पहिलोपटक फोहोर संकलनमा प्रयोग गरिएका हुन् ।

महानगरका अनुसार यी गाडीहरू विशेष रूपमा शहरी फोहोर संकलनका लागि डिजाइन गरिएका छन्, जसले कार्यक्षमता बढाउनुका साथै जनशक्ति व्यवस्थापनमा समेत सुधार ल्याएको छ। नयाँ प्रणाली लागू भएपछि फोहोर संकलन टोली तीन जनाबाट दुई जनामा झार्न सकिएको र काम अझ सहज बनेको बताइएको छ। साथै, यसले महिलाहरूलाई रोजगारीका नयाँ अवसरसमेत सिर्जना गरेको छ।

मेयर चिरिबाबु महर्जन ले प्रदूषणरहित शहर बनाउने लक्ष्यअनुसार पेट्रोल–डिजेलरहित विकल्पको खोजी भइरहेको बेला यस पहलले ठोस समाधान दिएको बताए। त्यस्तै, MAW वृद्धिका सीईओ अनिल बरालले यो परियोजनाले नेपालमा विद्युतीय व्यावसायिक सवारीको प्रयोगलाई नयाँ दिशा दिएको उल्लेख गरे।

कम्पनीका अनुसार देशभर फैलिएको सेवा सञ्जाल र चार्जिङ पूर्वाधारका कारण यस्ता परियोजनाहरू अन्य स्थानमा पनि विस्तार गर्न सकिने सम्भावना रहेको छ।

सम्बन्धित समाचार