Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

माछापुच्छ्रे बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता, नेपालपे कार्डको पेमेन्ट इनेबल गर्ने

माछापुच्छ्रे बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता, नेपालपे कार्डको पेमेन्ट इनेबल गर्ने

अर्थ प्लस
माछापुच्छ्रे बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता, नेपालपे कार्डको पेमेन्ट इनेबल गर्ने

काठमाडौँ / माछापुच्छ्रे बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)बीच इएफटी कार्ड सर्भिसेस् मार्फत नेपालपे कार्डको पेमेन्ट इनेबल गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

एक औपचारिक कार्यक्रममा बैंकका प्रमुख डिजिटल बैंकिङ अधिकृत माधव सुबेदी तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

सम्झौतापछि माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि नेपालपे कार्ड जारी गर्न सक्नेछ। साथै, नेशनल कार्ड स्विच (एनपिएस–एनसिएस)सँग एकीकृत इएफटी प्रणालीमार्फत डिस्कभर नेटवर्क अन्तर्गतका अन्तर्राष्ट्रिय कार्ड र रू पे कार्ड समेत प्रोसेस गर्न सकिनेछ।

पहिलो चरणमा बैंकले आफ्ना १९९ भन्दा बढी एटीएम र ३००० भन्दा बढी पीओएस टर्मिनलमार्फत नेपालपे कार्ड अक्वायरिङ सेवा सुरु गर्नेछ भने क्रमशः ग्राहकलाई कार्ड जारी गरिने जनाइएको छ।

एनसीएचएलले नेपालपे कार्डको व्यावसायिक रोलआउट सुरु गरिसकेको छ। अन्तर्राष्ट्रिय साझेदार डिस्कभर नेटवर्क मार्फत नेपालपे कार्ड विश्वभर प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। साथै, नेपालमा पनि अन्तर्राष्ट्रिय डिस्कभर तथा साझेदार कार्डहरू प्रयोग गर्न सकिनेछ।

हाल एनसीएचएलको इएफटी सर्भिसेस् अन्तर्गत १० वटा बैंक तथा वित्तीय संस्थाले विभिन्न अन्तर्राष्ट्रिय कार्ड स्किमहरू प्रोसेस गर्दै आएका छन्। नेपालपेमा ३४ भन्दा बढी बैंक तथा वित्तीय संस्था आबद्ध भइसकेका छन् र रोलआउटका विभिन्न चरणमा रहेका छन्।

माछापुच्छ्रे बैंक लिमिटेडले हाल १८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। देशभर १६५ शाखा, १२ विस्तारित काउन्टर, ८८ शाखारहित सेवा र १९९ एटीएम सञ्चालनमा रहेका छन्। 

बैंकले डिजिटल रूपान्तरणलाई प्राथमिकता दिँदै आफ्ना सेवा विस्तार गर्दै आएको जनाएको छ।

सम्बन्धित समाचार