Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको वित्तीय विवरणमा झल्कियो प्रगती, नाफासहित सबै सूचांकमा वृद्धि

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको वित्तीय विवरणमा झल्कियो प्रगती, नाफासहित सबै सूचांकमा वृद्धि

अर्थ प्लस
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको वित्तीय विवरणमा झल्कियो प्रगती, नाफासहित सबै सूचांकमा वृद्धि

काठमाडौं, वैशाख २६ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । जस अनुसार कम्पनीको खुद नाफा, बीमा शुल्क आर्जन, इपीएस लगायतका महत्वपूर्ण वित्तीय सूचांकहरुमा उल्लेख्य मात्रामा वृद्धि देखिएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा कम्पनीले ४६ करोड ७३ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही त्रैमाससम्ममा १६ करोड ६३ लाख रुपैयाँ रहेको खुद नाफा अहिले १८१.०४ प्रतिशतले वृद्धि भएको हो । समीक्षा अवधिमा खुद बीमा शुल्क आम्दानीसँगै कमिसन र लगानी तथा कर्जाबाट आम्दानी बढेपछि खुद नाफामा पनि वृद्धि भएको छ ।

कम्पनीको बीमा शुल्क आम्दानी ८८.२६ प्रतिशतले बढेर ८६ करोड ७३ लाख रुपैयाँ पुगेको छ । यस्तै, कमिसन आम्दानी पनि १७ करोड ९४ लाख रुपैयाँबाट बढेर ३३ करोड ७८ लाख पुगेको छ । कर्जा तथा लगानीबाट आम्दानी २६३.२० प्रतिशतले बढेर ४९ करोड ६४ लाख रुपैयाँ पुगाउँन कम्पनी सफल भएको छ ।

कम्पनीले समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १ अर्ब ४१ करोड ७२ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८१ करोड ९७ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो । साथै मर्जरपश्चात कम्पनीले अधिकांश खर्चहरुमा कटौती गर्दै व्यवसायलाई द्रुत गतीमा अघाडी बडाएको छ ।

कम्पनीको चुक्ता पुँजी ३ अर्ब २ करोड ९३ लाख ३४ हजार रुपैयाँ पुगेको छ । यता, कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । गत वर्ष १२ रुपैयाँ ३० पैसा रहेको यसको प्रतिसेयर आम्दानी बढेर २० रुपैयाँ ५८ पैसा (वार्षिक) कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ ९२ पैसा छ ।

सम्बन्धित समाचार