Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

एनआईसी एशिया बैंकका ग्राहकहरूले एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट पाउने

एनआईसी एशिया बैंकका ग्राहकहरूले एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट पाउने

अर्थ प्लस
एनआईसी एशिया बैंकका ग्राहकहरूले एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट पाउने

काठमाडौँ / एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकहरूले काठमाडौँस्थित एभरेष्ट हस्पिटलमा उपचार गर्दा १५ प्रतिशतसम्म छुट सुविधा पाउने भएका छन् । 

बैंक र एभरेष्ट हस्पिटलबीच यस सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएसँगै यस्तो सुविधा लागु भएको हो ।

सम्झौताअनुसार ग्राहकहरूले हस्पिटलका विभिन्न सेवामा (आउटसोर्स सेवा, डाक्टर परामर्श र एम्बुलेन्स शुल्क बाहेक) डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत छुट पाउनेछन् । 

साथै, अपरेसन सेवामा ५ प्रतिशत र फार्मेसीबाट औषधि खरिद गर्दा १० प्रतिशत छुट उपलब्ध गराइनेछ । 

उक्त सुविधाको लाभ लिन ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा मोबाइल बैंकिङ एप ‘मोबैंक’मार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ ।

बैंकका तर्फबाट चिफ ट्रान्जेक्सन बैंकिङ नरेन्द्र मैनाली र हस्पिटलका प्रशासन प्रमुख दिपक चन्द्र बरालबीच समझदारीमा हस्ताक्षर भएको हो । 

बैंकले यस सहकार्यबाट ग्राहकलाई स्वास्थ्य सेवामा सहुलियत मिल्नुका साथै डिजिटल भुक्तानी प्रवर्द्धन भई नगदरहित कारोबारमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।

सम्बन्धित समाचार