Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

‘एनएमबि सरल बचत फण्ड–इ’ को आकार १० अर्ब पुर्याउन स्वीकृत

‘एनएमबि सरल बचत फण्ड–इ’ को आकार १० अर्ब पुर्याउन स्वीकृत

अर्थ प्लस
‘एनएमबि सरल बचत फण्ड–इ’ को आकार १० अर्ब पुर्याउन स्वीकृत

काठमाडौँ- ईक्रा नेपाल लिमिटेडले एनएमबि क्यापिटल लिमिटेडको Fund Management Quality Rating (FMQR)अन्तर्गत(ICRANP) AMC 2+ मा स्तर वृद्घि वा अपग्रेड गरेको छ । यो मुल्याङ्कनले कोष व्यवस्थापनको गुणस्तरमा उच्च विश्वसनीयता रहेको स्थितिलाई जनाउदँछ । यस सँगै एनएमबि क्यापिटल यस क्षेत्रमा सबैभन्दा उच्च रेटिङ्ग प्राप्त गर्ने कम्पनी बनेको छ ।

कोष प्रवद्र्घक एनएमबि बैंक लिमिटेड र योजना व्यवस्थापक एनएमबि क्यापिटलको एनएमबि म्युचुअल फण्ड अन्तर्गत हाल तीन बन्दमुखी र एक खुलामुखी योजना संचालनमा रहेको छन् । 

एनएमबि ५० को २०८२ फाल्गुन ३० गतेको खुद सम्पत्ति रु १.३६ अर्ब कायम रही खुद सम्पत्ति मुल्य (एनएभि) १० रुपैयाँ ८६ पैसा रहेको छ । एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड– २ को २०८२ फाल्गुन ३० गतेको खुद सम्पत्ति रु १.४९ अर्ब कायम रही खुद सम्पत्ति मुल्य (एनएभि) १२ रुपैयाँ २० पैसा रहेको छ । एनएमबि हाइब्रिड फण्ड एल–२ को २०८२ फाल्गुन ३० गतेको खुद सम्पत्ति रु १.४७ अर्ब कायम रही खुद सम्पत्ति मुल्य (एनएभि) १० रुपैयाँ ७५ पैसा रहेको छ ।

“एनएमबि सरल बचत फण्ड –इ” नामल खुलामुखी योजनाको २०८२ फाल्गुन ३० गतेको खुद सम्पत्ति रु ४.७३ अर्ब कायम रही खुद सम्पत्ति मुल्य (एनएभि) ११ रुपैयाँ ०१ पैसा रहेको छ । यस योजनाको Systematic Investment Plan (SIP) अन्तर्गत हाल ५५,००० भन्दा बढि लगानीकर्ताहरुको सहभागिता रहेको छ र यो संख्या क्रमिक रुपमा वृद्धि भइरहेको छ । 

योजनाको आकार २०८२ चैत्र २६ गते रु ४.९४ अर्ब पुग्न सफल भएको छ । साथै यस योजनाको आकार रु १० अर्ब कायम गर्न धितोपत्र बोर्डबाट मिति २०८२/१२/०८ मा स्वीकृति प्राप्त गरेको छ । योजनाको आकार वृद्घि नेपाल धितोपत्र बोर्डको मिति २०८२/१०/०२ मा बीज पुँजी सम्बन्धमा जारी गरिएको परिपत्र बमोजिम रहेको छ । 

SIP मा बढदो आकर्षण र हालै आकार वृद्घिकालागि प्राप्त स्वीकृतिले यस योजनाको पहुँज र प्रभावलाई उल्लेखनीय रुपमा विस्तार गर्न मद्दत पुग्ने देखिन्छ ।

सम्बन्धित समाचार