Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

लक्ष्मी सनराइज बैंकको काठमाण्डौ उपत्यकाभित्र २ वटा शाखा स्थानान्तरण

लक्ष्मी सनराइज बैंकको काठमाण्डौ उपत्यकाभित्र २ वटा शाखा स्थानान्तरण

अर्थ प्लस
लक्ष्मी सनराइज बैंकको काठमाण्डौ उपत्यकाभित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौं, वैशाख २६ । लक्ष्मी सन राइज बैंकले काठमाण्डौ उपत्यकाभित्रका आफ्नो २ वटा शाखाहरु स्थानान्तरण गरेको छ। काठमाण्डौ महानगरपालिकाको वडा न. १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाण्डौको नागार्जुन नगरपालिका वडा न.१६ स्थित खरिबोट, बनस्थलिमा स्थानान्तरण गरिएको छ।  

त्यसैगरी, काठमाण्डौ महानगरपालिकाको वडा न. २६ स्थित गोंगबु शाखा सोही नगरपालिकाको नयाँबसपार्क नजिकै ल्होत्से मलमा स्थानान्तरण भएको छ।

स्थानान्तरण गरिएका साविकका खुसिबु र गोंगबु शाखाका ग्राहकहरुले सोही क्षेत्रमा रहेको अर्को शाखामार्फत सेवालिन सक्नेछन्।

स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरु माझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज अनि व्यापक बनाउने विश्वास राखेको छ।

हाल लक्ष्मी सनराइइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५८ शाखा, ३२१ एटीएम, २८ एक्स्टेन्सन काउन्टर र १३१ शाखारहित बैंकिण् एजेन्ट रहेका छन्।

 

 

 

सम्बन्धित समाचार