Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

साल्ट ट्रेडिङको नाफा ३९% ले बढ्यो, आम्दानी पनि ६३% ले वृद्धि

साल्ट ट्रेडिङको नाफा ३९% ले बढ्यो, आम्दानी पनि ६३% ले वृद्धि

अर्थ प्लस
साल्ट ट्रेडिङको नाफा ३९% ले बढ्यो, आम्दानी पनि ६३% ले वृद्धि

काठमाडौँ, २७ वैशाख । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ५ करोड १९ लाख ६३ हजार रुपैयाँ  खुद नाफा आर्जन गर्न सफल भएको छ ।  

यो रकम गत आवको सोहि अवधिको तुलनामा ३९.९९ प्रतिशतले धेरै हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले ३ करोड ७१ लाख रुपैयाँबराबरको खुद मुनाफा आर्जन गरेको थियो ।  

कम्पनीको बिक्री आम्दानी पनि ६३.९१ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले बिक्रीबाट ९ अर्ब ४५ करोड रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले यो अवधिसम्म २ करोड ७३ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । 

कम्पनीले कर्मचारी खर्च २७ करोड १७ लाख र १६ करोड १२ लाख रुपैयाँबराबरको प्रशासनिक खर्च गरेको छ । कम्पनीको जगेडा तथा मुनाफा कोषको आकार १ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । कम्पनीको चालु सम्पत्ति ६ अर्ब ७६ करोड र कुल चालु दायित्व ७ अर्ब १४ करोड रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)२१.६० रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३८९.५५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ७९७.१४ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०८.२१ गुणा कायम भएको छ ।

सम्बन्धित समाचार