Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

आम्दानी बढेपछि नाफामा हाथवे इन्भेष्टमेन्ट

आम्दानी बढेपछि नाफामा हाथवे इन्भेष्टमेन्ट

अर्थ प्लस
आम्दानी बढेपछि नाफामा हाथवे इन्भेष्टमेन्ट

काठमाडौँ, २७ वैशाख । हाथवे इन्भेष्टमेन्ट नेपाल (HATHY) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको आम्दानी उल्लेख्य बढेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीको सञ्चालन आम्दानी २३ करोड ३९ लाख रुपैयाँ रहेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०४.६४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ११ करोड ४३ लाख रुपैयाँ थियो।

आम्दानी बढेसँगै कम्पनी पनि नाफामा पुगेको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ करोड २२ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको खुद नाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ७ करोड ५० लाख रुपैयाँ धनात्मक भएको छ। समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ८९.२० प्रतिशत बढेको छ भने कुल खर्च १२.४३ प्रतिशत घटेको छ।

चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ८९ पैसा, प्रतिशेयर नेटवर्थ ७७ रुपैयाँ ६२ पैसा र मूल्य आम्दानी अनुपात २२२.०३ गुणा रहेको छ।

१ अर्ब २८ करोड ७० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ३६ करोड ३२ लाख रुपैयाँ रहेको छ।

सम्बन्धित समाचार