Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पीओसीओ सर्भिस सेन्टर सञ्चालनमा

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पीओसीओ सर्भिस सेन्टर सञ्चालनमा

अर्थ प्लस
सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पीओसीओ सर्भिस सेन्टर सञ्चालनमा

काठमाडौं- टेलिटक प्रा.लि. रमेश कर्पोरेशन अन्तर्गतको कम्पनीले सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पीओसीओ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। उक्त सर्भिस सेन्टरमार्फत पीओसीओ ब्रान्डका स्मार्टफोन तथा सम्बन्धित डिभाइसहरूको आधिकारिक बिक्रीपछिको सेवा तथा प्राविधिक सहयोग उपलब्ध गराइने जनाइएकाे छ।

सानेपाको सहज पहुँचयुक्त स्थानमा स्थापना गरिएको यस अत्याधुनिक सर्भिस सेन्टरले ग्राहकहरूलाई द्रुत, भरपर्दो र ग्राहक-मैत्री सेवा प्रदान गर्ने लक्ष्य राखेको कम्पनीकाे भनाइ छ। सेन्टरमा दक्ष प्राविधिक टोली, आधुनिक डाइग्नोस्टिक सुविधा तथा गुणस्तरीय स्पेयर पार्ट्सको व्यवस्था गरिएको छ, जसले ग्राहकलाई उच्चस्तरीय सेवा अनुभव प्रदान गर्ने जनाइएकाे छ।

नेपालमा स्मार्टफोन तथा प्रविधि उपकरणहरूको प्रयोग तीव्र रूपमा बढिरहेको सन्दर्भमा गुणस्तरीय बिक्रीपछिको सेवाको आवश्यकता पनि बढ्दो क्रममा रहेको छ। यही आवश्यकतालाई मध्यनजर गर्दै टेलिटक प्रा. लि.ले पीओसीओ प्रयोगकर्ताहरूका लागि सहज र विश्वसनीय सेवा उपलब्ध गराउने उद्देश्यका साथ यो नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो।

ग्राहकहरूले यहाँ डिभाइस जाँच, सफ्टवेयर सपोर्ट, वारेन्टी सेवा, मर्मत, नियमित मर्मतसम्भार तथा प्राविधिक परामर्शजस्ता सेवाहरू प्राप्त गर्न सक्ने जनाइएकाे छ।

Arghakhachi cementShree Steel
सर्भिस सेन्टर विवरण:
•    स्थान: रमेश कम्प्लेक्स, सानेपा, काठमाडौं 
•    कार्यालय समय: आइतबारदेखि शुक्रबारसम्म, बिहान १० बजेदेखि साँझ ६ बजेसम्म 
•    सम्पर्क नम्बर: 
    +977-9802051093 
    +977-9705083807 

यस अवसरमा टेलिटक प्रा. लि.का कार्यकारी निर्देशक संजय अग्रवालले ग्राहकलाई छिटो, पारदर्शी तथा विश्वसनीय सेवा प्रदान गर्नु कम्पनीको प्रमुख उद्देश्य रहेको बताए। साथै, नेपालमा पीओसीओ ब्रान्डको सेवा पहुँच विस्तार गर्दै ग्राहक सन्तुष्टि अझ सुदृढ बनाउने प्रतिबद्धता समेत व्यक्त गरे।

सानेपास्थित यस नयाँ सर्भिस सेन्टरको सञ्चालनसँगै पीओसीओ प्रयोगकर्ताहरूले अब अझ सहज र व्यावसायिक बिक्रीपछिको सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार