Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

नयाँ ब्रोकर कमिसन लागू ,पहिलाकोभन्दा १० प्रतिशतले घट्यो

नयाँ ब्रोकर कमिसन लागू ,पहिलाकोभन्दा १० प्रतिशतले घट्यो

अर्थ प्लस
नयाँ ब्रोकर कमिसन लागू ,पहिलाकोभन्दा १० प्रतिशतले घट्यो

काठमाडौँ, जेठ १ । धितोपत्र कारोबारमा लाग्ने ब्रोकर कमिसन घटेको छ । मंगलबारदेखि हुने सबै कारोबारमा घटेको ब्रोकर कमिसन लागू हुने सीडीएस एण्ड क्लियरिङले बताएको छ । 

कम्पनीले आजैदेखि हुने कारोबार कार्यान्वयन हुनेगरी सिस्टममा नयाँ कमिसन दर सेट गरी परीक्षण पनि सफल भइसकेको बताएको छ ।  जसअनुसार विद्यमान कायम ब्रोकर कमिसनमा १० प्रतिशत घटाइएको छ ।

लगानीकर्ताले अब शेयर कारोबारमा अधिकतम ०.३६ प्रतिशत ब्रोकर कमिसन तिर्नुपर्ने छ। । यसअघि ब्रोकर कमिसन ०.४० प्रतिशत थियो । यस्तै ब्रोकर कमिसनको तल्लो सीमा ०.२४ प्रतिशतमा झरेको छ ।

कारोबार रकमका आधारमा अबदेखि ५० हजारसम्ममा  ०.३६ प्रतिशत ब्रोकर कमिसन दर तिर्नुपर्ने छ । त्यस्तै ५० हजारदेखि ५ लाखसम्मको कारोबारका लागि ०.३३ प्रतिशतसम्म तिर्नुपर्ने छ ।

यस्तै ५ लाखदेखि २० लाख रुपैयाँसम्मका लागि ०.३१ प्रतिशत तिर्नुपर्ने छ भने २० लाखदेखि १ करोडसम्मका लागि ०.२७ प्रतिशत तिर्नुपर्ने छ । त्यसैगरी १ करोडमाथिको कारोबारमा ०.२४ प्रतिशत ब्रोकर कमिसन तिर्नुपर्ने छ ।

ब्रोकर कम्पनीहरुले आफूले पाउने कमिसनबाट नेपाल स्टक एक्स्चेन्ज(नेप्से) लाई २० प्रतिशत रकम छुट्टै बुझाउँदै आएका छन् । ब्रोकर कम्पनीहरुको कमिसन घटेसँगै नेप्सेले पाउने कमिसन पनि स्वतः घट्ने भएको छ ।

कारोबार रकममा ब्रोकरको नयाँ कमिसन दर :


सम्बन्धित समाचार