Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

बजारले पार गर्‍यो २ हजारको मनोवैज्ञानिक विन्दु : १३ वटै उपसूचकमा हरियाली, ६ कम्पनीको शेयरमा सर्किट

बजारले पार गर्‍यो २ हजारको मनोवैज्ञानिक विन्दु : १३ वटै उपसूचकमा हरियाली, ६ कम्पनीको शेयरमा सर्किट

अर्थ प्लस
बजारले पार गर्‍यो २ हजारको मनोवैज्ञानिक विन्दु : १३ वटै उपसूचकमा हरियाली, ६ कम्पनीको शेयरमा सर्किट

काठमाडौँ, जेठ १ । लगातार चौथो दिन समेत शेयर बजारमा सुधार आएको छ । पछिल्लो समय आएको दोहोरो अकंको उछालले लगानीकर्ता उत्साहित भएका छन् । शेयर बजारमा सबै भन्दा ठुलो भुमिका लगानीकर्ताको मनोबलले खेल्छ । पछिल्लो समय शेयर बजारका लगानीकर्ताको मनोबल दरिलो बन्दै गएको देखिन्छ ।

यता, अर्थमन्त्रालय समेत बजेटको तयारीमा छ । बजेट मार्फत लगानीकर्ताका केहि माग सम्बोधन हुने आश लगानीकर्ताले राखेका छन् । आजदेखि लागु हुने गरी ब्रोकर कमिसन समेत घटेको छ । जुन कुराले बजार माथि लैजान थप मद्दत गरेको छ ।

बैंकहरुले ब्याजदर घटाएका छन् । शेयर बजारको शत्रु भनिएको ब्याजदर ओरालो लाग्दा लगानीकर्ता उत्साहित बन्न पुगेको हुन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.५२ अकंले बढेर २०२५.४१ बिन्दुमा बन्द भएको छ । मंगलबार ३२० कम्पनीको ९६ लाख ५२ हजार ५१३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९८ करोड २१ लाख ७२ हजार ५२९ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार १३ उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको ०.२५ प्रतिशत, विकास बैंक समूहको १.४४ प्रतिशत, फाइनान्स समूहको ०.३० प्रतिशतले शेयर मूल्य बढेको हो ।

आज सिइडिबि आइड्रोपावरको १५ करोड ८१ लाख रुपैयाँ, शाइन रेसुङ्गाको ११ करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ ।

आज ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

सम्बन्धित समाचार