Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

कालंगा हाइड्रोको आईपीओमा ११ गुणाभन्दा बढी आवेदन

कालंगा हाइड्रोको आईपीओमा ११ गुणाभन्दा बढी आवेदन

अर्थ प्लस
कालंगा हाइड्रोको आईपीओमा ११ गुणाभन्दा बढी आवेदन

काठमाडौं- कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा ११.०७ गुणाभन्दा बढी आवेदन परेको छ।

कम्पनीले बिक्री खुला गरेको २८ लाख ७० हजार कित्ता शेयरका लागि अन्तिम दिन बुधबार साँझ ५ बजेसम्म २९ लाख १० हजार ९२६ जनाबाट ३ करोड १७ लाख ८७ हजार ४०० कित्ताका लागि आवेदन परेको हो। यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर बाँडफाँट गरिसकेको छ।

१ अर्ब ४० करोड रुपैयाँ जारी पूँजी रहेको कम्पनीले कुल ४९ लाख कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको थियो। यसमध्ये १४ लाख कित्ता स्थानीयका लागि, ३ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको थियो।

त्यस्तै, १ लाख ९५ हजार कित्ता सामूहिक लगानी कोष र १ लाख ५ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको थियो।

सम्बन्धित समाचार