Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

एकैदिन ४४५ सवारीचालक ट्राफिक कारबाहीमा, २२ लाख राजस्व संकलन

एकैदिन ४४५ सवारीचालक ट्राफिक कारबाहीमा, २२ लाख राजस्व संकलन

अर्थ प्लस
एकैदिन ४४५ सवारीचालक ट्राफिक कारबाहीमा, २२ लाख राजस्व संकलन

काठमाडौं- बितेका २४ घण्टामा दुई हजार ४४५ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ७६ हजार ५१७ राजस्व दाखिला भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १२८, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६०, संकेत बत्ती उल्लंघनकर्ता १४१ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८३ जनालाई कारबाही गरिएको हो । 

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ४३, निषेधित क्षेत्रमा हर्न बजाउने १२३, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १४, एकतर्फी सडकमा सवारी चलाउने १६६ र अन्य सवारी नियम पालना नगरेका एक हजार ४८७ जनालाई कारबाही गरिएको हो ।

सम्बन्धित समाचार