आज मिति वि.सं. २०८३ जेठ २६ गते तदनुसार ९ जुन २०२६ मंगलवार, ज्येष्ठ अधिक कृष्णपक्ष नवमी तिथि, पूर्वभाद्रपदा नक्षत्र, प्रातः ५ बजेर १३ मिनेटपछि उत्तरभाद्रपदा (क्षय), चन्द्रराशि मीन।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
स्वास्थ्य समस्याले औषधि खर्च बढाउनेछ भने पढाइमा ध्यान नजाँदा पछि परिने सम्भावना छ। व्यापारमा बढी मेहनत र लगानी आवश्यक पर्नेछ। आफन्तसँग मनमुटाव, आकस्मिक खर्च तथा आर्थिक अभावले सताउन सक्छ। अपरिचितप्रति विश्वास गर्दा धोका हुन सक्छ। यद्यपि विदेश यात्रा र वैदेशिक रोजगारीमा भने सकारात्मक अवसर प्राप्त हुनेछन्।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
अनलाइन व्यापार, शेयर बजार र व्यवसायबाट राम्रो आर्थिक लाभ मिल्नेछ। पुरानो श्रम र लगानीको प्रतिफल प्राप्त भई आयस्रोत बलियो बन्नेछ। पढाइमा उत्कृष्ट नतिजा आउने, प्रेम सम्बन्ध सुदृढ हुने तथा सामाजिक सञ्जालमार्फत प्रभाव बढ्नेछ। नयाँ अवसर, जिम्मेवारी र भौतिक सुविधा प्राप्त हुनेछन् भने छोटो समयमै उल्लेखनीय उपलब्धि हासिल गर्न सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
व्यापार, शेयर बजार, कृषि तथा पशुपालनबाट राम्रो आम्दानी हुने संकेत छ। नोकरी, बढुवा, सम्पत्ति तथा भौतिक सुविधामा वृद्धि हुन सक्छ। अध्ययनमा सफलता मिल्नेछ भने परिवारको सहयोगले महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ। आर्थिक अवस्था सुधार हुँदै जानेछ। प्रतिष्ठा जोगाउँदै अवसरको सदुपयोग गरे उल्लेखनीय प्रगति सम्भव छ, यद्यपि प्रतिफलका लागि केही समय पर्खनुपर्ला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय अनुकूल रहेकाले व्यापार, लगानी र शेयर बजारबाट राम्रो लाभ मिल्नेछ। अध्ययन, अनुसन्धान तथा आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ भने प्रेम र मित्रता सम्बन्ध पनि सुदृढ बन्नेछन्। परिवारको साथ र आत्मविश्वासले उत्साह बढाउनेछ। यद्यपि केही काममा अवरोध, ढिलाइ तथा अनावश्यक खर्च हुन सक्ने भएकाले समयअनुसार चल्दै सावधानी अपनाउनु आवश्यक छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खानपान र मौसमको लापरबाहीले स्वास्थ्यमा समस्या आउन सक्छ। व्यापारमा मन्दी र आम्दानी घट्दा दैनिकी असहज बन्नेछ। पुराना समस्या दोहोरिन सक्छन् र प्रेम सम्बन्धमा अविश्वासका कारण अस्थायी दूरी हुन सक्छ। यद्यपि अध्ययनमा ध्यान केन्द्रित हुने र लामो दूरीको यात्राको सम्भावना छ। धैर्य, सावधानी र सही प्रयासले काममा प्रगति सम्भव हुनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
माया प्रेममा नजिकिने अवसर, नयाँ साथीको भेट र सम्बन्ध सुदृढ हुने संकेत छ। व्यापार तथा वित्तीय क्षेत्रबाट लाभ मिल्नेछ भने भौतिक सम्पत्ति र उपहार प्राप्त हुन सक्छ। अध्ययन र लामो यात्रामा सफलता मिल्नेछ। परिवारसँग रमाइलो समय बित्नेछ र सामूहिक काममा प्रगति हुनेछ। तर केही क्षेत्रमा नतिजा कमजोर देखिन सक्ने भएकाले सावधानी आवश्यक छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
न्यायिक निर्णय, प्रतिस्पर्धा र शत्रुमाथि विजय प्राप्त हुने संकेत छ। विद्या, परीक्षा र प्रतिस्पर्धामा उत्कृष्ट नतिजा आउनेछ। व्यापार, शेयर बजार र औद्योगिक क्षेत्रमा लगानीबाट दीर्घकालीन लाभ मिल्नेछ। पुराना काम सम्पन्न हुने, जिम्मेवारी बढ्ने र प्रतिष्ठा उच्च बन्नेछ। स्वास्थ्य राम्रो रहनेछ भने काममा सफलता, अधिकार स्थापना र आर्थिक फाइदा प्राप्त हुनेछ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वित्तीय क्षेत्र, व्यापार र पेसा व्यवसायबाट राम्रो आम्दानी हुने संकेत छ, साथै सन्तानको सहयोगले लाभ बढ्नेछ। प्रेम सम्बन्ध, अध्ययन र बौद्धिक गतिविधिमा सफलता मिल्नेछ। नयाँ कुरा सिक्ने अवसर र उत्साहजनक दिन रहनेछ। यद्यपि केही मतभेद, आलोचना र जिम्मेवारी पूरा गर्न कठिनाइ आउन सक्छ, तर बुद्धिमत्ता र मेहनतले स्थिति सुधार गर्न सकिनेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
समय मध्यम रहने भएकाले व्यापारमा लगानी अहिले रोक्नु उपयुक्त हुन्छ। यात्रा गर्दा आफन्तबाट टाढिनुपर्ने र प्रेम सम्बन्धमा मनमुटाब हुन सक्छ। स्वास्थ्यमा ध्यान दिन आवश्यक छ। शेयर बजार, कृषि र पशुपालनबाट भने केही आम्दानी सम्भव छ। गोपनीयता, आर्थिक निर्णय र विश्वासका विषयमा सावधानी अपनाउँदै धैर्य राख्दा क्रमशः स्थिति सुधार हुने संकेत छ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
सानो प्रयासबाटै राम्रो लाभ लिन सकिने समय छ। प्रतिस्पर्धामा सफलता, प्रेम सम्बन्धमा नजिकिँदै गएको सामिप्यता र अध्ययनमा प्रगति हुने संकेत छ। दाजुभाइ, छिमेकी र आफन्तसँगको सम्बन्ध सुधारिनुका साथै व्यापार र उद्योगबाट आम्दानी बढ्नेछ। छोटो यात्रा लाभदायक हुनेछ। यद्यपि केही चुनौती र ढिलाइ आउन सक्छ, सावधानीले अवसरमा बदल्न सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सबैको सहयोग पाइने भएकाले प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। बोली, सञ्चार र प्रस्तुति सम्बन्धी व्यवसाय फस्टाउने तथा कुटुम्ब र आफन्तसँगको सहकार्यबाट आर्थिक सुधार हुने संकेत छ। प्रेम, गीत–संगीत र मोडलिङ क्षेत्रमा राम्रो आम्दानी सम्भव छ। यद्यपि खर्च बढ्ने, आलोचना र केही कमजोरी देखिन सक्ने भएकाले सावधानी र समय व्यवस्थापन आवश्यक रहनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
मिष्ठान्न भोजन, उपहार र उत्तम वस्त्र प्राप्त हुने योग छ। व्यापार, शेयर बजार र बोलीको प्रभावबाट आम्दानीका नयाँ स्रोत खुल्नेछन्। कार्यक्षेत्रमा प्रशंसा, प्रेम र दाम्पत्य जीवनमा सुमधुरता बढ्नेछ। परिवारसँग भेटघाट र रमाइलो समय बित्नेछ। सानो सफलताले ठूलो खुशी दिनेछ भने मेहनतले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनेछ।
