Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

तोलामा १ हजार २ सयले बढ्यो सुनको मूल्य, ५५ रुपैयाँले महंगियो चाँदी पनि

तोलामा १ हजार २ सयले बढ्यो सुनको मूल्य, ५५ रुपैयाँले महंगियो चाँदी पनि

अर्थ प्लस
तोलामा १ हजार २ सयले बढ्यो सुनको मूल्य, ५५ रुपैयाँले महंगियो चाँदी पनि

काठमाडौँ / नेपाल बजारमा आज अर्थात आइतबार सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ९३ हजार २०० रुपैयाँ कायम भएको छ ।     

शुक्रबार सुन प्रतितोला २ लाख ९२ हजारमा कारोबार भएको थियो ।             

त्यस्तै, आज चाँदीको भाउ पनि ५५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले बढेर ४ हजार ८९५ रुपैयाँ कायम भएको छ । 

शुक्रबार चाँदी तोलामा ४ हजार ८४० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार