Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

एनआईसी एशिया बैंकद्वारा देउपुर स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग

एनआईसी एशिया बैंकद्वारा देउपुर स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग

अर्थ प्लस
एनआईसी एशिया बैंकद्वारा देउपुर स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग

पर्वत / एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्वत जिल्लाको मोदी गाउँपालिका–२ स्थित देउपुर स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरण तथा अन्य आवश्यक सामग्री हस्तान्तरण गरेको छ।

स्थानीय बासिन्दालाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको उक्त स्वास्थ्य चौकीको सेवा प्रवाहलाई थप प्रभावकारी र सहज बनाउने उद्देश्यले बैंकले ह्वीलचेयर, डस्टबिन, फुट स्टेप, कुर्ची, स्युचर सेट लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको हो।

बैंकका चिफ मार्केटिङ अफिसर दीपेन्द्र शर्मा र पोखरा सर्कल हेड स्वेता शेरचनले संयुक्त रूपमा मोदी गाउँपालिका–२ का वडाध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कार्की क्षेत्री र स्वास्थ्य चौकी प्रमुख रुपेश कुमार कुशवाहालाई २०८३ जेठ २८ गते आयोजित एक कार्यक्रमबीच उक्त सामग्री हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा स्वास्थ्य चौकीका कर्मचारी, बैंकका प्रतिनिधि तथा स्थानीय समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो।

बैंकले उपलब्ध गराएको सहयोगले स्वास्थ्य चौकीको सेवा प्रवाहलाई थप सुदृढ बनाउनुका साथै स्थानीय सेवाग्राहीलाई गुणस्तरीय र सहज स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

एनआईसी एशिया बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

सम्बन्धित समाचार