Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

अर्थ प्लस
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज  बस्दैछ । बिहान ११ बजे बैठकमा विनियोजन विधेयक, २०८३ का विभिन्न शीर्षकहरूमाथि छलफल जारी रहनेछ।

आजको बैठकमा विभिन्न मन्त्रालय तथा निकायहरूको बजेटमाथि एकीकृत रूपमा छलफल हुने कार्यसूची छ। जसअनुसार आज विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय,  गृह मन्त्रालय,  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयको बजेटमाथि छलफल हुनेछ ।

बैठकमा विभिन्न सांसदहरूले मन्त्रालयहरूको खर्च रकम घटाउन खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन्।  गुरु प्रसाद बराल, रमेश कुमार मल्ल, विण्णु माया वि.क., ऐन बहादुर महर, पुष्प राज कँडेल र पद्मा कुमारी अर्यालले सम्बन्धित मन्त्रालयहरूको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भनी प्रस्ताव राख्ने कार्यसूची छ।

त्यसैगरी, मोहम्मद इस्तियाक राईले पूर्वाधार विकास मन्त्रालयको र परशुराम तामाङले अर्थ मन्त्रालयको खर्च रकममा घटाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । बैठकको अन्त्यमा सभामुखले प्रतिनिधिसभाका पूर्व सदस्य मंगल प्रसाद गुप्ताको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम समेत रहेको छ । 

सम्बन्धित समाचार