Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

टिभिएसको "२ वर्ष ट्याक्स फ्री" योजना सार्वजनिक – "टिभिएसमा खुशी नै खुशी"

टिभिएसको "२ वर्ष ट्याक्स फ्री" योजना सार्वजनिक – "टिभिएसमा खुशी नै खुशी"

अर्थ प्लस
टिभिएसको "२ वर्ष ट्याक्स फ्री" योजना सार्वजनिक – "टिभिएसमा खुशी नै खुशी"

काठमाडौं- नेपालका लागि टिभिएस दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा. लि. ले ग्राहकहरूलाई थप सहज र किफायती स्वामित्व अनुभव प्रदान गर्ने उद्देश्यका साथ "२ वर्ष ट्याक्स फ्री – "टिभिएसमा खुशी नै खुशी" योजना सार्वजनिक गरेको छ।

यस विशेष अफर अन्तर्गत TVS को जुनसुकै मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकहरूले २ वर्षसम्मको सवारी कर सुविधा प्राप्त गर्नेछन्, जसले सवारी स्वामित्वको खर्चलाई उल्लेखनीय रूपमा घटाउनेछ।

यस योजनासँगै ग्राहकहरूले निम्न सुविधाहरू पनि प्राप्त गर्न सक्नेछन्:

• फटाफट फाइनान्स सुविधा (नागरिकता र लाइसेन्समै)
• रु. २,८९९ बाट सुरु हुने न्यूनतम EMI योजना
• पुरानो सवारी साटेर नयाँ TVS खरिद गर्ने एक्सचेन्ज सुविधा
• TVS को विश्वसनीय गुणस्तर, उत्कृष्ट प्रदर्शन तथा देशव्यापी सेवा सञ्जाल

जगदम्बा मोटर्सका उपाध्यक्ष श्री दीपक अग्रवालका अनुसार यो योजना ग्राहकलाई अधिकतम सुविधा प्रदान गर्दै सवारी खरिद प्रक्रियालाई अझ सहज, किफायती र आकर्षक बनाउन ल्याइएको हो।

ग्राहकहरूलाई नजिकको आधिकारिक TVS शोरुममा गई योजनाबारे विस्तृत जानकारी लिन अनुरोध गरिएको छ।

जगदम्बा मोटर्स प्रा. लि. बारे

नेपालमा TVS मोटर कम्पनीको एकमात्र वितरक जगदम्बा मोटर्स प्रा. लि. देशकै सबैभन्दा विश्वसनीय अटोमोबाइल संस्थाहरू मध्ये एक हो। दशकौँदेखि यस कम्पनीले आफ्नो विस्तृत राष्ट्रव्यापी नेटवर्क, उद्योगकै अग्रणी 'आफ्टर-सेल्स सपोर्ट' र नवीन एवं उच्च गुणस्तरका सवारी साधनहरू उपलब्ध गराउने प्रतिबद्धतामार्फत नेपालभरि सहज यात्रा (Mobility) लाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

जगदम्बा मोटर्सले विश्वव्यापी रूपमा मान्यता प्राप्त उत्पादन र प्रविधिहरू नेपाली उपभोक्ताहरूका लागि भित्र्याउँदै रोजगारी, सीप विकास र नेपालको अटोमोबाइल क्षेत्रको वृद्धिमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ।

सम्बन्धित समाचार