काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १५.४३ अंकले घटेर २ हजार ५ सय ४५.४० को बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएका ७४ कम्पनीको सेयर मूल्य घटेको छ भने १ सय ९२ कम्पनीको घटेको छ ।
यता, नेप्से परिसूचक घटेपनि आज कारोबार रकम भने बढेको छ । बुधबार ४ अर्ब १९ करोड ८९ लाख २१ हजार रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ । सोमबार ३ अर्ब ८३ करोड १५ लाख ८४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।
आज सबैभन्दा धेरै कमाउनेमा अपर लोहोरे खोला हाइड्रोपावरका लगानीकर्ता रहेका छन् । यसमा सकारात्मक सर्किट लागेको छ । यता, सबैभन्दा धेरै गुमाउनेमा सिन्धु विकास बैंक, जानकी फाइनान्स र इमर्जिङ नेपालको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
