Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो

अर्थ प्लस
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १५.४३ अंकले घटेर २ हजार ५ सय ४५.४० को बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएका ७४ कम्पनीको सेयर मूल्य घटेको छ भने १ सय ९२ कम्पनीको घटेको छ ।

यता, नेप्से परिसूचक घटेपनि आज कारोबार रकम भने बढेको छ । बुधबार ४ अर्ब १९ करोड ८९ लाख २१ हजार रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ । सोमबार ३ अर्ब ८३ करोड १५ लाख ८४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

आज सबैभन्दा धेरै कमाउनेमा अपर लोहोरे खोला हाइड्रोपावरका लगानीकर्ता रहेका छन् । यसमा सकारात्मक सर्किट लागेको छ । यता, सबैभन्दा धेरै गुमाउनेमा सिन्धु विकास बैंक, जानकी फाइनान्स र इमर्जिङ नेपालको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

सम्बन्धित समाचार