Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

गरिमा विकास बैंक लिमिटेड ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’ बाट सम्मानित

गरिमा विकास बैंक लिमिटेड ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’ बाट सम्मानित

अर्थ प्लस
गरिमा विकास बैंक लिमिटेड ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’ बाट सम्मानित

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एन्ड समिट २०२६ मा विकास बैंक समूहतर्फ ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ बाट सम्मानित भएको छ । कर्पोरेट बिजनेस म्यागजिनद्वारा आयोजित कर्पोरेट बिजनेस अवार्ड एन्ड समिटको १८औँ संस्करणमा यस विकास बैंक उक्त अवार्डबाट सम्मानित भएको हो ।

अवार्ड वितरण कार्यक्रमका विशेष अतिथि तथा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले यस विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई उक्त अवार्ड हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा विभिन्न व्यवसायिक संघसंस्थाका प्रतिनिधिको उल्लेख्य उपस्थिति रहेको थियो । 

सम्बन्धित समाचार