Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सहप्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सहप्रायोजकको रूपमा हिमस्टार

अर्थ प्लस
नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सहप्रायोजकको रूपमा हिमस्टार

काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि विश्वसनीय नाम रहेको हिमस्टारले नेपालमा फिफा विश्वकप २०२६ को प्रसारणका लागि सहप्रायोजक बनेको छ । हिमस्टारले फिफा विश्वकप २०२६ को टीभी प्रसारणका लागि हिमालय स्पोर्ट्स टीभीसँग तथा अनलाइन प्रसारणका लागि डिगो एपसँग सहकार्य गरेको छ ।

“संसारको सबैभन्दा ठूलो खेल महोत्सवसँग हिमस्टारको नाम जोडिनु हाम्रो लागि गर्वको क्षण हो,” कम्पनीले भनेको छ ।

यस अवसरलाई विशेष बनाउँदै हिमस्टारले विश्वकप २०२६ को उपलक्ष्यमा आकर्षक अफर पनि सार्वजनिक गरेको छ । हिमस्टारको ४३ इन्च अल्ट्रा एचडी वा सोभन्दा माथिका टीभी खरिद गर्दा ग्राहकहरूले ३२ प्रतिशतसम्मको क्यासब्याक, विश्वकप २०२६ को लाइभ टीभी सिजन पास तथा एक वर्षको नेट टीभी प्याकेज प्राप्त गर्न सक्नेछन् ।

यस अफरले नेपाली दर्शकहरूलाई विश्वकपको रोमाञ्च सर्वोत्कृष्ट स्क्रिनमा अनुभव गर्न प्रेरित गर्ने कम्पनीले जनाएको छ ।

हिमस्टार इलेक्ट्रोनिक्स नेपाली बजारमा गुणस्तरीय होम एप्लायन्सेस तथा टीभीका लागि विश्वसनीय ब्रान्डको रूपमा स्थापित छ । यस सहकार्यले ब्रान्डलाई देशभरका खेलप्रेमी उपभोक्ताहरूसँग अझ सशक्त रूपमा जोड्ने अपेक्षा राखिएको छ ।

सम्बन्धित समाचार