Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने

सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने

अर्थ प्लस
सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने

काठमाडौं। नेपाल राष्ट्र बैंकले असार २७ र २८ गतेको सार्वजनिक बिदाको दिनमा पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ प्रणाली सञ्चालन हुने जनाएको छ।

राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले सार्वजनिक सूचना जारी गरेर शनिबार र आइतबार सार्वजनिक बिदाको दिनमा पनि रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने बताइएको हो।

राष्ट्र बैंकले चालू आर्थिक वर्षको अन्तिम समयमा भुक्तानी प्रणालीलाई सहज गराउन यस्तो व्यवस्था गर्न लागेको जनाएको छ।

सम्बन्धित समाचार