Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व संकलन

वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व संकलन

अर्थ प्लस
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व संकलन

काठमाडौं। वीरगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा दुई खर्ब ४३ अर्ब ८२ करोड रूपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले गत आर्थिक वर्षमा वार्षिक लक्ष्यको ८९.१९ प्रतिशत राजस्व संकलन गरेको सूचना अधिकारी उदयसिंह विष्टले जानकारी दिए।

कार्यालयका लागि गत आर्थिक वर्षभरिमा दुई खर्ब ७३ अर्ब ३७ करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो। भन्सार विभागले गत आर्थिक वर्षभरिमा देशभरका सबै भन्सार कार्यालयबाट  पाँच खर्ब ८८ अर्ब २५ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। विभागको कुल वार्षिक लक्ष्यमा वीरगन्ज कार्यालयको योगदान ४१.४५ प्रतिशत रहेको छ। 

कार्यालयले चालु आवको साउनमा १८ अर्ब ४४ करोड रुपैयाँ, भदौमा २० अर्ब ७४ करोड रुपैयाँ, असोजमा १९ अर्ब नौ करोड रुपैयाँ, कात्तिकमा १७ अर्ब ३३ करोड रुपैयाँ, मङ्सिरमा २० अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन गरेको थियो।

साथै पुसमा २० अर्ब २० करोडरुपैयाँ, माघमा १८ अर्ब ९२ करोड रुपैयाँ , फागुनमा १९ अर्ब ३४ करोड रुपैयाँ, चैतमा २२ अर्ब ८२ करोड रुपैयाँ, वैशाखमा २१ अर्ब ७४ करोड रुपैयाँ, जेठमा २२ अर्ब ३२ करोड रुपैयाँ र असारमा २२ अर्ब चार करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

सम्बन्धित समाचार