Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

ग्लोबल आइएमई बैंकले बीवाईडी गाडी किन्दा सजिलै ऋण दिने

ग्लोबल आइएमई बैंकले बीवाईडी गाडी किन्दा सजिलै ऋण दिने

अर्थ प्लस
ग्लोबल आइएमई बैंकले बीवाईडी गाडी किन्दा सजिलै ऋण दिने

काठमाडौं, ६ जेष्ठ । ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रालिबीच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । अब बैंकले सिमेक्स इंक प्रालि तथा उक्त कम्पनीका आधिकारीक बिक्रेताले बिक्रि गर्ने बिवाईडी ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्न चाहने नेपाली नागरिकहरुले आवश्यक कागजात तथा विवरण सहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पश्चात नियमानुसार बैकले उचित ठहर्याएका ग्राहकलाई ३ कार्यदिन भित्र सहजरुपमा सवारी साधन कर्जा प्रवाह गर्नेछ ।

उक्त समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र सिमेक्स इंक प्रा.लि. का तर्फबाट सेल्स तथा सोरुम म्यानेजर संध्या श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

ग्रिन फाइनान्सिङ प्रवद्र्धन गर्न बैंकले व्यक्तिगत प्रयोजनका सवारी साधनलाई न्यूनतम् व्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

सम्बन्धित समाचार