Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंकिङ’ अवार्ड

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंकिङ’ अवार्ड

अर्थ प्लस
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंकिङ’ अवार्ड

काठमाडौं / नबिल बैंकले इन्डियन चेम्बर अफ कमर्स (आइसीसी) ले प्रदान गर्ने ‘बेस्ट कमर्सियल बैंकिङ’ अवार्ड प्राप्त गरेको छ । भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजित ‘चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एण्ड अवाड्र्स–२०२६’ मा बैंकका सञ्चालक मलय मुखर्जीले उक्त सम्मान ग्रहण गरेका हुन् ।

बैंकले ग्राहकको विश्वास, कर्मचारीको समर्पण तथा सरोकारवालाहरूको निरन्तर सहयोगका कारण यो उपलब्धि हासिल भएको जनाएको छ । यस सम्मानले बैंकिङ सेवा, नवप्रवर्तन र ग्राहकमुखी सेवाको गुणस्तर अझ सुदृढ बनाउन थप प्रेरणा मिल्ने बैंकको विश्वास छ ।

बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेले प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्नु नबिल बैंकका लागि गौरवको विषय भएको बताए ।

उनले ग्राहक, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाको विश्वास र सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए ।

यस वर्षको अवार्डमा नेपालसहित भारत, भुटान, श्रीलङ्का, म्यानमार, थाइल्यान्ड र बङ्गलादेशका बैंकहरू सहभागी भएका थिए । भारतको उद्योग तथा वाणिज्य क्षेत्रको अग्रणी संस्था आइसीसीले बैंकिङ क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने संस्थाहरूलाई वार्षिक रूपमा सम्मान गर्दै आएको छ ।

यसअघि पनि नबिल बैंकले युरोमनी अवाड्र्स फर एक्सेलेन्स अन्तर्गत ‘नेपाल्स बेस्ट बैंक’, ‘नेपाल्स बेस्ट बैंक फर ईएसजी’ र ‘नेपाल्स बेस्ट बैंक फर एसएमई’ उपाधि प्राप्त गरेको थियो । सुदृढ वित्तीय अवस्था, ग्राहककेन्द्रित सेवा, डिजिटल बैंकिङमा नेतृत्व तथा समग्र बैंकिङ उत्कृष्टताका आधारमा बैंकलाई ती अवार्ड प्रदान गरिएको थियो ।

निजी क्षेत्रको अग्रणी वाणिज्य बैंकका रूपमा रहेको नबिल बैंकले हाल देशभर फैलिएका २६४ शाखा र ३१५ एटीएम मार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

चार दशकभन्दा लामो बैंकिङ अनुभव बोकेको बैंकले ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणामार्फत ग्राहक, समुदाय र समग्र अर्थतन्त्रका लागि समावेशी तथा दिगो वित्तीय सेवा विस्तारलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ ।

सम्बन्धित समाचार