Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

प्रवेशाज्ञा दस्तुरवापत दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

प्रवेशाज्ञा दस्तुरवापत दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

अर्थ प्लस
प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर (झापा) / प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२/८३ मा रु दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन गरिएको छ ।

पूर्वी नेपालको मुख्य प्रवेशद्वार काँकरभिट्टा अध्यागमन कार्यालयले नेपाल प्रवेश गर्ने विदेशी नागरिकबाट उक्त राजस्व  रकम जम्मा गरेको हो । निमित्त कार्यालय प्रमुख इन्द्रकुमार राजवंशीले सो नाकाबाट  नौ हजार ४४७ जना विदेशी नागरिक नेपाल प्रवेश गरेको जानकारी दिए ।

उक्त  अवधिमा आठ हजार २९७ पर्यटक भिसा, १६३ नाता भिसा, ४९ गैरआवासीय नेपाली (एनआरएन) भिसा र ३२ वैवाहिक भिसा जारी गरिएको छ । गत आर्थिक वर्षमा काँकरभिट्टा नाका हुँदै ८६ देशका नागरिक नेपाल प्रवेश गरेका थिए । भुटानका चार हजार ९९४ जना (५३ प्रतिशत), अमेरिकाका दुई हजार १५२ जना (२३ प्रतिशत) नागरिक रहेका थिए ।

पुस र माघ महिनामा सबैभन्दा बढी विदेशी नागरिक नेपाल भित्रिने गरेका छन् । भुटानमा यस अवधिमा जाडो बिदा हुने भएकाले त्यहाँका नागरिक झापा तथा आसपासमा रहेका आफन्तसँग भेटघाट गर्न तथा पूर्वको पशुपतिनाथका रूपमा परिचित हलेसी महादेव दर्शनका लागि नेपाल आउने क्रम बढ्ने गरेको हो ।

सम्बन्धित समाचार