Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफामा ८२.९७ प्रतिशतको छलाङ, प्रतिशेयर आम्दानी कति ?

साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफामा ८२.९७ प्रतिशतको छलाङ, प्रतिशेयर आम्दानी कति ?

अर्थ प्लस
साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफामा ८२.९७ प्रतिशतको छलाङ, प्रतिशेयर आम्दानी कति ?

काठमाडौँ / साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार बैंकको व्यवसायसँगै नाफामा उल्लेख्य सुधार भएको छ। 

बैंकले समीक्षा अवधिमा १ अर्ब १८ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८२.९७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकले ६४ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको सञ्चालन मुनाफामा पनि ९०.७४ प्रतिशतको उच्च वृद्धि भएको छ। अघिल्लो वर्ष ९१ करोड ११ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा बढेर समीक्षा अवधिमा १ अर्ब ७३ करोड ७८ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, बैंकको खुद ब्याज आम्दानी ६.९० प्रतिशतले बढेर २ अर्ब ८२ करोड ६७ लाख रुपैयाँ पुगेको छ।

बैंकको व्यवसाय विस्तारमा पनि सकारात्मक सुधार देखिएको छ। असार २०८३ सम्म बैंकले ग्राहकबाट ७७ अर्ब ८५ करोड २६ लाख रुपैयाँ निक्षेप संकलन गरी ६३ अर्ब २६ करोड ७७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्षको तुलनामा निक्षेप ८.४८ प्रतिशत र कर्जा प्रवाह ११.१८ प्रतिशतले बढेको हो।

नाफामा आएको सुधारसँगै बैंकको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। अघिल्लो वर्ष १३.२४ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी बढेर अहिले २३.५२ रुपैयाँ पुगेको छ।

बैंकको प्रतिशेयर नेटवर्थ १५९.४८ रुपैयाँ र वितरणयोग्य मुनाफा ८४ करोड ६४ लाख रुपैयाँ रहेको छ। यद्यपि, बैंकको खराब कर्जा भने बढेको छ। अघिल्लो वर्ष ४.२७ प्रतिशत रहेको खराब कर्जा बढेर ४.९३ प्रतिशत पुगेको छ। त्यस्तै, बैंकको बेस रेट ६.४१ प्रतिशतबाट घटेर ५.३८ प्रतिशतमा झरेको छ।


बैंकको नाफा बढ्नुमा इम्पेयरमेन्ट चार्जमा आएको ठूलो गिरावटले मुख्य भूमिका खेलेको देखिन्छ। आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा ९५ करोड ४ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज समीक्षा अवधिको सोही अवधिमा घटेर २० करोड ७९ लाख रुपैयाँमा झरेको छ।

इम्पेयरमेन्ट चार्जमा आएको उल्लेख्य कमीले बैंकको सञ्चालन मुनाफामा समेत ठुलो प्रभाव पारेको छ। सञ्चालन खर्च र इम्पेयरमेन्ट चार्ज घटेपछि बैंकको खुद नाफा बृद्धि भएको हो । खराब कर्जामा केही चाप देखिए पनि नाफा, सञ्चालन मुनाफा, निक्षेप, कर्जा प्रवाह तथा प्रतिशेयर आम्दानीलगायत प्रमुख सूचकमा बैंकले सुधार गरेको देखिन्छ।

shine resunga note.JPG

सम्बन्धित समाचार