Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

लक्ष्मी सनराइज बैंकले गर्यो विराटनगरमा सेवा विस्तार

लक्ष्मी सनराइज बैंकले गर्यो विराटनगरमा सेवा विस्तार

अर्थ प्लस
लक्ष्मी सनराइज बैंकले गर्यो विराटनगरमा सेवा विस्तार

काठमाडौं, ६ जेष्ठ । लक्ष्मी सनइज बैंकले विराटनगरमा आफ्नो शाखा स्थानान्तरणमार्फत सेवा विस्तार गरेको छ। विराटनगर महानगरपालिका वडा न.७ स्थित हनुमानदास रोडमा रहेका २ शाखा मध्ये एउटा शाखा ५ किमि उत्तरतर्फ सोही महानगरपालिकाको वडा न ३ स्थित पुष्पलाल चोकमा स्थानतरण गरिएको हो।  

 स्थानान्तरण गरिएको साविकको हनुमानदास रोडको शाखाका ग्राहकहरुले सोही ठाउँमा रहेको अर्को शाखामार्फत सेवालिन सक्ने बैंकले जनाएको छ ।  

स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवाविस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ। स्थानतरण भएको शाखाले ग्राहक तथा व्यवसायहरुलाई सबै प्रकारका रिटेल बैंकिङ सेवाहरु प्रदान गर्नेछ।

साथै, ग्राहकहरूलाई थप व्यवस्थित र समुचित सेवा प्रदान गर्न बैंकले बिर्तामोडमा रहेका आफ्ना २ वटा शाखा गाभी साविक सनराइज बैंकको स्थान ( भद्रपुरलाईन, बिर्तामोड नगरपालिका–४, झापा)बाट संयुक्त कारोबार सुरु गरेको छ।  

त्यसैगरी, चितवन जिल्लास्थित भरतपुरको हाकिम चोकमा रहेका २ वटा शाखा पनि गाभिई साविकको लक्ष्मी बैंकको स्थान ( हाकिमचोक, भरतपुर महानगरपालिका–१०)बाट ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ।

हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५६ शाखा, ३१९ एटीएम , २८ एक्स्टेन्सन काउन्टर र १३० शाखारहित बैंकिङ एजेन्ट रहेका छन्।

 

सम्बन्धित समाचार