Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

७ हजारमा एक सिलिन्डर ग्यास बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ

७ हजारमा एक सिलिन्डर ग्यास बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ

अर्थ प्लस
७ हजारमा एक सिलिन्डर ग्यास बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ

काठमाडौं । खाना पकाउने एलपी ग्यास कालोबजारी गरेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोट बारुदखाना चोकस्थित भाडामा बस्ने वर्ष ५७ को तुलसीराम त्वयना रहेका छन् ।

उनले उपभोक्ताहरूलाई प्रति सिलिण्डर ७ हजारका दरले बिक्री वितरण गरेको भन्ने जानकारी पाएपछि पक्राउ गरिएको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सो क्रममा प्रहरी टोलीले चेकजाँच तथा अनुगमन गर्दा ३ थान सिलिण्डर पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार