काठमाडौँ / साउने झरीकाबीच काठमाडौँको भृकुटिमण्डपमा मंगलबारदेखि सुरु हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’को अन्तिम तयारी चलिरहेको छ । ५२ स्टल रहने एक्स्पोमा दुईपांग्रे र चारपांग्रेतर्फ ४७ नयाँ ब्रान्ड तथा मोडल सार्वजनिक गरिने बताइएको छ । एक्स्पोमा २० लाखदेखि साढे ३ करोड रुपैयाँसम्मका विद्युतीय सवारीसाधन प्रदर्शनीमा राखिनेछन्।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा चारपाङ्ग्रेतर्फ हुन्डाई,फोर्थिङ, बिवाइडी, लिपमोटर, जिकर, म्याक्सस, प्रोटोन, टाटा, टोयटा, ओमोडा, एमजी पारामाउन्ट मोटर्स, किंया, एमजी–गो अटोमोबाइलस्, निसान, केआईए, ग्रेटवाल मोटर्स, हेन्री, भोल्टर्स, होन्री बोमा, आईकारू, केआईए, एन्ड जेको, प्युजिवट र विलिङ ब्राण्ड सहभागी हुनेछन् ।
त्यस्तै, दुईपाङ्ग्रेतर्फ होन्डा, अथर, बजाज, टिभिएस, याडिया, सीएफ मोटोरजिन्हो, गर्रो, होन्डा, केरेन, केटीएम, मोरबीडेल्ली, एनआईयू, प्युगोट एन्ड बीजीएस, रोयल इन्फिल्ड, सुजुकी, ट्रायम्फ, अल्टाभ्वाइलेट, जेटएक्स मोटोरसीएक्सलगायता ब्राण्ड छन् ।
कमर्सियल सवारीसाधन स्काइवर्थ, चेरी वान्डा, कारी र किंटोन ब्रान्डहरू सहभागी हुनेछन् । लगायतका ब्रान्ड सहभागी हुँदैछन्।
आयोजकका अनुसार एक्स्पोमा सवारीसाधन प्रदर्शनीसँगै ब्याट्री पुनः प्रयोग, वित्तीय तथा बीमा सेवा, प्रत्यक्ष वैदेशिक लगानी र युवा उद्यमशीलतासम्बन्धी कार्यक्रमसमेत हुनेछन्।
एक्स्पो अवलोकनका लागि सामान्यतर्फ २०० र विद्यार्थीका लागि १०० रुपैयाँ टिकट तोकिएको छ। एक्स्पो स्थलमै टिकट खरिद गर्दा ५० प्रतिशत छुट तथा क्यूआर भुक्तानीमा क्यासब्याकको व्यवस्था गरिएको आयोजकले जनाएको छ।



















