Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

स्मार्ट कनेक्टिभिटीसहितको सुजुकी एक्सेस १२५ सार्वजनिक

स्मार्ट कनेक्टिभिटीसहितको सुजुकी एक्सेस १२५ सार्वजनिक

अर्थ प्लस
स्मार्ट कनेक्टिभिटीसहितको सुजुकी एक्सेस १२५ सार्वजनिक

काठमाडौं, साउन २९ : सुजुकी मोटरसाइकल नेपालले स्मार्ट कनेक्टिभिटी सुविधासहितको नयाँ सुजुकी एक्सेस १२५ कनेक्टेड मोडल सार्वजनिक गरेको छ। कम्पनीले नाइमा अटो शो २०२६ मा उक्त स्कुटर सार्वजनिक गरेको हो।

नयाँ एक्सेस १२५ मा ब्लुटुथमार्फत स्मार्टफोनसँग जोड्न सकिने डिजिटल एलसीडी डिस्प्ले र सुजुकी राइड कनेक्ट सुविधा दिइएको कम्पनीले जनाएको छ। यसमार्फत स्कुटर चलाइरहेका बेला आवश्यक विभिन्न जानकारी प्राप्त गर्न सकिनेछ।

स्कुटरमा टर्न–बाई–टर्न नेभिगेसन र अनुमानित यात्रा समय, आउने फोनको सूचना, एसएमएस तथा ह्वाट्सएप नोटिफिकेसन, मिस्ड कल अलर्ट, मोबाइलको ब्याट्री र नेटवर्कसम्बन्धी जानकारी, स्पिड अलर्ट, ट्रिप रेकर्ड, पार्क गरिएको अन्तिम स्थान तथा सर्भिस रिमाइन्डरलगायत सुविधा उपलब्ध छन्।

कनेक्टिभिटी सुविधाका साथै एक्सेस १२५ मा सुजुकीको १२४ सीसी इन्जिन रहेको छ। दैनिक सहरी यात्रालाई थप सहज र सुविधाजनक बनाउने उद्देश्यले यसमा विभिन्न व्यावहारिक सुविधा समावेश गरिएको कम्पनीको भनाइ छ।

सुजुकी नेपालका महाप्रबन्धक पारस जैनले नयाँ एक्सेस १२५ कनेक्टेड मोडलमार्फत नेपाली स्कुटर प्रयोगकर्ताका लागि उपयोगी स्मार्ट प्रविधि ल्याइएको बताए। उनले स्मार्ट कनेक्टिभिटी, सहजता र सुजुकीको विश्वसनीय प्रदर्शनको संयोजनले नयाँ एक्सेस १२५ कम्पनीको उत्पादन पोर्टफोलियोमा थप आकर्षक बन्ने विश्वास व्यक्त गरे।

नयाँ सुजुकी एक्सेस १२५ कनेक्टेड मोडल नाइमा अटो शो २०२६ मा रहेको सुजुकीको प्याभिलियनमा प्रदर्शनमा राखिएको छ। नेपालमा सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक भी.जी. अटोमोबाइल्स प्रालि हो।

सम्बन्धित समाचार