Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सिटिजन्स बैंकको ‘कन्ट्याक्टलेस कार्ड’, पिन बिनै प्रतिदिन २० हजार रुपैयाँ भुक्तानी गर्न सकिने

सिटिजन्स बैंकको ‘कन्ट्याक्टलेस कार्ड’, पिन बिनै प्रतिदिन २० हजार रुपैयाँ भुक्तानी गर्न सकिने

अर्थ प्लस
सिटिजन्स बैंकको ‘कन्ट्याक्टलेस कार्ड’, पिन बिनै प्रतिदिन २० हजार रुपैयाँ भुक्तानी गर्न सकिने

काठमाण्डौ, जेठ ७ । ग्राहकहरूलाई गुणस्तरीय सेवा–सुविधा उपलब्ध गराउँदै आइरहेको सिटिजन्स बैंक इन्टरनेसनलले दिनप्रति दिन नयाँ नयाँ प्रविधि भित्र्याउँदै आइरहेको छ । समयको माग अनुसार बैंकले ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै थप सबल सेवा दिँदै आइरहेको हो । वाणिज्य बैंकमध्य अब्बल बैंक कहलिँदै आइरहेको सिटिजन्सले ग्राहकको सहजताको लागि ‘कन्ट्याक्टलेस कार्ड’ ल्याएको छ ।

बैंकका अनुसार कन्ट्याक्टलेस सजिलो प्रक्रियाबाट प्रयोग गर्न सकिन्छ । यो कार्डमार्फत प्रतिकारोबार दुई हजार रुपैयाँ र प्रतिदिन २० हजार रुपैयाँसम्म बिनापिन नम्बर भुक्तानी गर्न सकिन्छ । यो कार्ड प्रयोग गर्न मर्चेन्टले रकम प्रविष्ट गरेपछि पीओएस मेसिनको केही दूरीभित्र कार्ड देखाए मात्र पुग्छ । पिन कोड प्रविष्ट गर्नुपर्ने तथा इन्सर्ट स्वाइप गर्नुपर्ने आवश्यकता यो माध्यममा पर्दैन ।

भिजा कार्डमार्फत कारोबार भइरहेको बेलामा कन्ट्याक्ट लेस कार्ड सेवाले अब भिजा कार्ड भन्दा सहज कन्ट्याक्टलेस कार्ड बन्न पुगेको छ । पीओएसमा ट्याप गरी सजिलै कारोबार गर्न सकिने हुँदा बैङ्किङ सुविधा प्रयोगकर्ताहरूलाई यो प्रक्रियाले थप सहज हुने बैंकले विश्वास लिएको छ ।

बैंकिंग क्षेत्रमा सिटिजन्स बैंकले आफ्नो बेग्लै परिचय र छवि बनाउन सफल भएको छ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरि फैलिएका आफ्ना १९० वटा शाखा, १५२ वटा एटिएम र ९७ वटा शाखारहित बैंकिङ्ग ईकाइहरुबाट आफ्ना १७ लाख १२ हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।

 

 

 

सम्बन्धित समाचार