Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

बर्जर पेन्ट्सको 'रंग बहार’ अभियानः Yamaha RayZR १२५ – Hybrid Scooter सहित ३५० भन्दा बढी आकर्षक उपहार जित्ने अवसर

बर्जर पेन्ट्सको 'रंग बहार’ अभियानः Yamaha RayZR १२५ – Hybrid Scooter सहित ३५० भन्दा बढी आकर्षक उपहार जित्ने अवसर

अर्थ प्लस
बर्जर पेन्ट्सको 'रंग बहार’ अभियानः Yamaha RayZR १२५ – Hybrid Scooter सहित ३५० भन्दा बढी आकर्षक उपहार जित्ने अवसर

काठमाडौंः नेपालको अग्रणी पेन्ट तथा कोटिब ब्रान्ड बर्जर पेन्ट्सले विगतका वर्षहरुमाझै यस वर्ष पनि आफ्ना ग्राहकवर्गलाई चाडपर्वको अवसर लक्षित गरी 'रंग बहार’ ग्राहक योजना अभियान सार्वजनिक गरि निरन्तरता दिएको छ । यस अभियानअन्तर्गत ग्राहकहरूले Yamaha RayZR १२५ – Hybrid Scooter सहित ३५० भन्दा बढी आकर्षक उपहार जित्ने अवसर प्राप्त गर्नेछन्।

“बर्जर रंग बहार, उपहारै उपहार; लक्की ड्रको बम्परमा Yamaha RayZR!” भन्ने नाराका साथ ल्याइएको यस ग्राहक योजनामा बर्जर पेन्ट्सका उत्पादन खरिद गर्ने ग्राहकहरूले आफ्ना घरलाई नयाँ, आकर्षक र जीवन्त रबले सजाउँदै विभिन्न आकर्षक उपहार जित्ने अवसर पाउनेछन्।

यस अभियानको मुख्य आकर्षण amaha RayZR १२५ – Hybrid Scooter रहेको छ । यसका साथै ग्राहकहरूले विभिन्न प्रकारका घरायसी उपकरणहरू पनि जित्न सक्नेछन्, जसले अभियानलाई अझ आकर्षक बनाएको छ ।

यस अभियान अन्तर्गत ६५ इन्च 4k Smart TV १ थान, २५३ लिटरका Refrigerator २ थान, ८ केजीको Washing Machine ३ थान र ५ थान Microwave Oven रहेका छन्। त्यस्तै, 2–in–1 Cooktop,
Air Fryer, Blender, Stand Fan, Steamer, Hair Dryer र Toaster सहित कुल ३६२ आकर्षक उपहार जित्ने अवसर रहेको छ ।

यस अभियानमा सहभागी हुन ग्राहकले VAT सहित न्यूनतम रु. १,००,००० बराबरकोबर्जर पेन्ट्सका उत्पादन खरिद गर्नुपर्नेछ, जसमा निम्नउल्लेखित प्रिमियम उत्पादनहरूबाट न्यूनतम १२० लिटरको खरिद अनिवार्य हुनेछः WeatherCoat Long Life, WeatherCoat All Guard Flexo, WeatherCoat All Guard, Silk Glamor Glow, Silk Luxury, Roof Kool & Seal, Damp Shield Elasto र Seal & O Prime.

बर्जर पेन्ट्सले गुणस्तरीय पेन्टिब समाधान प्रदान गर्दै आफ्ना ग्राहकसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै आएको छ । ।।।रंग बहार’ अभियानमार्फत ग्राहकको घरलाई नयाँ रबरूप प्रदान गर्ने अनुभवमा थप उत्साह, खुसी र उमङ्ग जोड्ने कम्पनीको उद्देश्य रहेको छ ।

यस अभियान, सहभागिताका लागि आवश्यक योग्यता, नियम तथा सर्तहरूका सम्बन्धमा थप जानकारीका लागि ग्राहकहरूले बर्जर पेन्ट्सका आधिकारिक माध्यममार्फत सम्पर्क गर्न वा आफ्नो नजिकको अधिकृत बर्जर पेन्ट्स डिलरमा सम्पर्क गर्न सक्नेछन्।

सम्बन्धित समाचार