Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सुनको मूल्यमा आज पनि वृद्धि, चाँदीको मूल्य पनि बढ्यो

सुनको मूल्यमा आज पनि वृद्धि, चाँदीको मूल्य पनि बढ्यो

अर्थ प्लस
सुनको मूल्यमा आज पनि वृद्धि, चाँदीको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुन तोलाको ३ हजार ३ सयले बढेर तोलाको ३ लाख १६ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको ३ लाख १३ हजार ४ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १३० रुपैयाँले बढेर तोलाको ४९८५ मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४८५५ मा कारोबार भएको थियो ।

सम्बन्धित समाचार