Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, ४ अर्ब १६ करोड रुपैयाँको कारोबार

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, ४ अर्ब १६ करोड रुपैयाँको कारोबार

अर्थ प्लस
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, ४ अर्ब १६ करोड रुपैयाँको कारोबार

काठमाडौं- साताको अन्तिम कारोबार दिन आज शुक्रबार धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक १० अंकले घटेर बन्द भएको छ।

अघिल्लो दिन ७.१७ अंकले बढेको बजार आज भने १०.६७ अंकले घटेको हो।आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २६१८.७२ बिन्दुमा पुगेको छ।

आज सेयर बजारमा ७० कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ कम्पनीको सेयर मूल्य घटेको छ। आज १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

आज सेयर बजारमा ३४४ कम्पनीका १ लाख २२ हजार कित्ता सेयर ५९ हजार ८०५ पटक खरिद बिक्री हुँदा ४ अर्ब १६ करोड ७६ लाख १८ हजार ८८२ रुपैयाँको कारोबार भएको छ।

आज सर्वोत्तम पेन्ट्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको सेयरमूल्य १०४ रुपैयाँ बढेर ७९७ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ।

त्यस्तै, पञ्चकन्या माइ हाइड्रोपावरको सेयरमूल्य करिब १४ प्रतिशत बढेको छ। कारोबारमा आएको धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक ५.२६ प्रतिशत घटेको छ।कारोबार रकमका आधारमा यस दिन रिलायन्स स्पिनिङ मिल्स कम्पनीको २६ करोड ३७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, यस दिन सोलु हाइड्रोपावरको साढे २४ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने रिडी पावर कम्पनीको कारोबार रकम साढे १८ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.०६ प्रशित घटेको छ। 

सम्बन्धित समाचार