Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्त्वपूर्ण : गभर्नर अधिकारी

मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्त्वपूर्ण : गभर्नर अधिकारी

अर्थ प्लस
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्त्वपूर्ण : गभर्नर अधिकारी

सुर्खेत, जेठ ८ । नेपाल राष्ट्र बैङ्क सुर्खेतद्वारा सोमबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्थित बैङ्क तथा वित्तीय संस्था, उद्योग व्यवसायी, पत्रकार तथा सरकारी निकायका प्रतिनिधिसँगको छलफल कार्यक्रममा गभर्नर अधिकारीले भेरी र कर्णाली करिडोर बनाउँदा अर्थतन्त्र चलायमान हुने बताए । 

उनले अब कर्णालीमा करिब रु एक अर्ब बजेट खर्च गर्न थालिएको बताए।

गभर्नर अधिकारीले भने, “कर्णालीको भूगोल सबैभन्दा ठूलो छ । तर कर्जा सुविधा लिने एक जना मात्र भेटिए । हामीले प्रत्येक बैङ्कबाट पाँच जनालाई कर्जा दिने व्यवस्था गरेका छौँ ।” 

लघुवित्त संस्थामा ६० लाख सदस्य आबद्ध रहेको उल्लेख गर्दै उनले ती संस्थाले मुलुकको अर्थतन्त्र वृद्धि गर्न र महिला सशक्तीकरणमा ठूलो सहयोग पुगेको बताए । 

“कर्णालीमा वित्तीय साक्षरता आवश्यक छ । ऋण लिनेहरु कहिल्यै पीडित हुँदैनन । ऋणीहरूलाई गुनासो राख्ने डेस्क बनाइएको छ”, गभर्नर अधिकारीले भने । 

उद्यमी, व्यवसायीलाई व्यापार व्यवसाय गर्न बाधा भए खबर गर्न सुझाउँदै उनले साना व्यवसायीलाई कर्जा दिन सहज व्यवस्था गरिएको उल्लेख गरे । 

प्रत्येक व्यक्तिलाई बैङ्क तथा वित्तीय संस्थाले सघाउन र उद्यमी तथा व्यवसायीलाई उत्पादनमा लाग्नुपर्नेमा जोड दिँदै गभर्नर अधिकारीले बैङ्कर्स र व्यवसायीबीचको सुमधुर सम्बन्ध हुनुपर्ने बताए । 

छलफलमा उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाही, सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मण कँडेललगायतले व्यवसायी डुबेर पलायन हुने र आत्महत्या गर्नुपर्ने समस्या एवं चुनौती दिनानुदिन बढ्दै गएको भन्दै आर्थिक सुधारका लागि मौद्रिक नीति उद्योगी तथा व्यवसायीमैत्री ल्याउन राष्ट्र बैङ्कलाई अनुरोध गरे । 

उक्त छलफलमा सुर्खेतस्थित बैङ्कका प्रबन्धक, लघुवित्त तथा औद्योगिक ग्राम सञ्चालक, सरकारी निकायका प्रमुख, उद्यमी, व्यवसायीलगायतको सहभागिता रहेको थियो ।

 

सम्बन्धित समाचार