Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

तीन महिनामा साढे ७ खर्ब बढीको वैदेशिक व्यापार, पाँच खर्ब बढी घाटा

तीन महिनामा साढे ७ खर्ब बढीको वैदेशिक व्यापार, पाँच खर्ब बढी घाटा

अर्थ प्लस
तीन महिनामा साढे ७ खर्ब बढीको वैदेशिक व्यापार, पाँच खर्ब बढी घाटा

काठमाडौं। चालू आर्थिक वर्ष २०८३र८४ को पहिलो तीन महिनामा साढे ७ खर्ब बढीको वैदेशिक व्यापार भएको छ। यो अवधिमा ७ खर्ब ६१ अर्ब ७ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको हो।

वैदेशिक व्यापारको यो आँकडा गत वर्षको सोही अवधिको तुलनामा ४०.७१ प्रतिशत बढी हो। अघिल्लो आवको सोही अवधिमा जम्मा ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो।

वैदेशिक व्यापार बढे पनि नेपालले ५ खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ३४.७१ प्रतिशत बढी हो।

भन्सार विभागका अनुसार चालू आवको तीन महिनामा ६ खर्ब ४६ अर्ब ७८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। यस्तै, सोही अवधिमा एक खर्ब १४ अर्ब २८ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालबाट निर्यात भएको छ। 

यो अघिल्लो आवको सोही अवधिको तुलनामा ५७.०३ प्रतिशत बढी हो। सो अवधिमा नेपालले ७२ अर्ब ७८ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात गरिएको थियो।

सम्बन्धित समाचार