Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

पूर्वी नाकाबाट एक वर्षमा भित्रियो साढे १४ करोडको गोलभेँडा, अष्ट्रेलियाबाट भित्रियो ११ करोडको मास

पूर्वी नाकाबाट एक वर्षमा भित्रियो साढे १४ करोडको गोलभेँडा, अष्ट्रेलियाबाट भित्रियो ११ करोडको मास

अर्थ प्लस
पूर्वी नाकाबाट एक वर्षमा भित्रियो साढे १४ करोडको गोलभेँडा, अष्ट्रेलियाबाट भित्रियो ११ करोडको मास

झापा। पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात भएको छ। प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका प्रमुख नन्दकिशोर सिंहका अनुसार आव २०८२/८३ मा भारत, चीन, अष्ट्रेलिया र बङ्गलादेशबाट खाद्यान्न, दलहन, ताजा तरकारी तथा फलफूल गरी २४ अर्ब २६ करोड ७४ लाखको कृषिउपज सामग्री नेपाल भित्रिएको हो। 

आयातीत कृषि वस्तुमध्ये सबैभन्दा ठूलो हिस्सा खाद्यान्न र दलहनको रहेको उनले बताए। भारतबाट २४ करोड २३ लाख १३ हजारको चामल र कोदो १८ करोड ८३ लाखको आयात भएको छ।

यस्तै, अष्ट्रेलिया र भारतबाट १८ करोड २७ लाख ९९ हजारको एक हजार ९९६ मेट्रिकटन चना, १० करोड ८८ लाख ५४ हजार बराबरको अष्ट्रेलियाबाट ७९६ मेट्रिकटन मासको दाल भित्रिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ।

यसैगरी, ताजा तरकारीतर्फ भारतबाट उल्लेख्य मात्रामा गोलभेडा, काँक्रा, भेडे खुर्सानी, र फर्सी आयात भएको छ। एक वर्षको अवधिमा १४ करोड ३९ लाख ६६ हजारको गालेभेडा, सात करोड ९० लाख ६४ हजारको काँक्रा र खुर्सानी तीन करोड २४ लाख ३५ हजारको आयात भएको तथ्याङ्क छ।

फलफूलतर्फ भारत र चीनबाट स्याउ, भुइँकटर, तरबुजा र नासपाती मुख्य रूपमा भित्रिएका छन्। भारत र चीनबाट २९ करोड ५९ लाख ७२ हजारको स्याउ र भारतबाट तरबुजा १४ करोड २४ लाख ८१ हजारको आयात भएको प्लान्ट क्वारेन्टाइन कार्यालयले जनाएको छ।

सम्बन्धित समाचार