Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

मुक्तिनाथ विकास बैंकले ल्यायाे नाडा अटो शो लक्षित ५.५४ प्रतिशत ब्याजदरमा अटो लोन योजना

मुक्तिनाथ विकास बैंकले ल्यायाे नाडा अटो शो लक्षित ५.५४ प्रतिशत ब्याजदरमा अटो लोन योजना

अर्थ प्लस
मुक्तिनाथ विकास बैंकले ल्यायाे नाडा अटो शो लक्षित ५.५४ प्रतिशत ब्याजदरमा अटो लोन योजना

काठमाडौँ / मुक्तिनाथ विकास बैंक लिमिटेडले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै ग्राहकका लागि विशेष अटो लोन योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत ग्राहकले ५.५४ प्रतिशत वार्षिक ब्याजदरमा अटो लोन लिन सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार नाडा अटो शो २०२६ को अवसरमा बेस रेट प्लस शून्य प्रतिशत प्रिमियममा अटो लोन उपलब्ध गराइनेछ। यो विशेष ब्याजदर योजना २०८३ भदौ मसान्तसम्म लागू हुनेछ। त्यसपछि बैंकको प्रचलित सामान्य ब्याजदर लागू हुने जनाइएको छ।

कर्जा आवेदन तथा आवश्यक सम्पूर्ण कागजात पूरा भएको अवस्थामा बैंकले २४ घण्टाभित्र अटो लोन उपलब्ध गराउने व्यवस्था गरेको जनाएको छ। यसले ग्राहकलाई आफूले रोजेको सवारीसाधन खरिदका लागि छिटो र सहज कर्जा सुविधा प्राप्त गर्न सहयोग पुग्ने बैंकको विश्वास छ।

उक्त अटो लोन सुविधा देशभर रहेका बैंकका १७६ वटै शाखामार्फत उपलब्ध हुने बताइएको छ। नाडा अटो शो २०२६ मा सहभागी हुने तथा नयाँ सवारीसाधन खरिद गर्न इच्छुक ग्राहकले यस विशेष योजनाबाट लाभ लिन सक्नेछन्।

बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङका अनुसार ग्राहकलाई सहज र प्रतिस्पर्धी ब्याजदरमा सवारीसाधन खरिदका लागि वित्तीय सुविधा उपलब्ध गराउने उद्देश्यले योजना ल्याइएको हो।

सम्बन्धित समाचार