Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

डिजिटल वित्तीय कारोबार बारे जानकारी लिन नेपाल राष्ट्र बैंकको आग्रह, यस्ता छन् व्यवस्था

डिजिटल वित्तीय कारोबार बारे जानकारी लिन नेपाल राष्ट्र बैंकको आग्रह, यस्ता छन् व्यवस्था

अर्थ प्लस
डिजिटल वित्तीय कारोबार बारे जानकारी लिन नेपाल राष्ट्र बैंकको आग्रह, यस्ता छन् व्यवस्था

काठमाडौँ, जेठ ८ । नेपाल राष्ट्र बैंकले नियामकीय व्यवस्थाप्रति जानकार रहेर मात्र डिजिटल वित्तीय कारोबार गर्न आग्रह गरेको छ ।

मोबाइल बैंकिङ, कनेक्ट आईपीएस, वालेट, क्युआर, एटीएम कार्ड, क्रेडिट कार्डजस्ता डिजिटल भुक्तानीमा हुन सक्ने शंकास्पद कारोबार नियन्त्रण गर्न मापदण्ड तथा संयन्त्र चाहिने जारी सूचनामा उल्लेख छ ।

यस्तो छ अन्य  व्यवस्थाहरु :

यदि विद्युतीय भुक्तानीका माध्यमबाट जारी गर्ने संस्था र भुक्तानी एउटै भएमा एक दिन भित्रमा ग्राहकको खातामा रकमको हिसाब मिलाउनुपर्ने व्यवस्था छ ।

विद्युत्तीय भुक्तानीका माध्यमहरु जारी गर्ने संस्था र भुक्तानी जाने संस्था फरक फरक भएमा दुवै नेपाली संस्थाको कारोबार तीन दिन भित्रमा ग्राहकको खातामा रकमको हिसाब मिलाउनुपर्ने व्यवस्था रहेको छ । 

विद्युत्तीय भुक्त्तानीका माध्यमहरु जारी गर्ने संस्था र भुक्त्तानी जाने संस्था फरक फरक भएमा कुनै एक विदेशी संस्था भएको कारोबार भएपछि ३० दिन भित्र ग्राहकको खातामा हिसाब मिलाउनुपर्ने व्यवस्था छ । 

उपर्युक्त समय सीमाभित्र हिसाब मिलाउने दायित्व उपकरण जारी गर्ने र प्रयोग हुने दुवै संस्थाको हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

 

सम्बन्धित समाचार