काठमाडौँ । तीन दिनपछि काठमाडौँबाट पृथ्वी राजमार्गमा यातायात सञ्चालनमा आएको छ ।
भोटेकोशीको बाढीका कारण चितवनको नारायणगढसम्म प्रभावित भएपछि भदौ १० गतेदेखि पृथ्यी राजमार्गमा यातायात सञ्चालनमा रोक लगाइएको थियो ।
बाढीले क्षतिग्रस्त सडक सफाइपछि हिजो रातिबाट सडकमा यातायात सञ्चालनको वातावरण बनेको हो । आज बिहानदेखि काठमाडौँबाट पृथ्वी राजमार्गमा यातायात सञ्चालनमा आएको छ ।
प्रहरीका अनुसार, धादिङको बैरेनी बजारमा १ किलोमिटर सडकमा मात्र एकतर्फी यातायात चल्ने अवस्था छ । अरु सबै सडकमा दुईतर्फी यातायात सञ्चालनमा कुनै बाधा छैन ।
