Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

हिमालयन बैंक लिमिटेडद्वारा रसुवा बाढी पिडितहरुको सहायताको लागि रु ३ करोड १ लाख आर्थिक सहायता प्रदान

हिमालयन बैंक लिमिटेडद्वारा रसुवा बाढी पिडितहरुको सहायताको लागि रु ३ करोड १ लाख आर्थिक सहायता प्रदान

अर्थ प्लस
हिमालयन बैंक लिमिटेडद्वारा रसुवा बाढी पिडितहरुको सहायताको लागि रु ३ करोड १ लाख आर्थिक सहायता प्रदान

काठमाडौं । हिमालयन बैंक लिमिटेडद्वारा मिति २०८३ भाद्र १० गते बिहान रसुवा जिल्ला भई बग्ने भोटेकोशी नदीमा अचानक आएको गेग्य्रान सहितको बाढीबाट भोटेकोशी र त्रिशुली नदी किनारका तथा अन्य प्रभावितहरुको सहयोगको लागि आर्थिक सहायता प्रदान गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा प्रभावितहरुको उद्दार, सहायता तथा पुनस्र्थापनाका लागि रु ३ करोड १ लाख आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको छ ।

उक्त अप्रत्यासित घटनामा भएको जनधनको क्षतिले बैंक तथा बैंक परिवारहरुलाई अत्यन्तै मर्माहित बनाएको छ र यस दुःखद घडीमा प्रभावित सबैमा धैर्य धारण गरी आवश्यक सहयोग र उद्धार कार्यमा जुट्न बैंक सम्बन्धित सबैमा आग्रह गर्दछ । बैंक यस विपद्को समयमा प्रभावित समुदायको साथमा रहँदै सक्दो सहयोग गर्न सदैव तत्पर रहेको प्रतिवद्धता व्यक्त गर्दछ । 

सम्बन्धित समाचार