Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

माछापुच्छ्रे बैंकद्वारा बाढीपहिरो प्रभावितका लागि २ करोड १ लाख सहयोग

माछापुच्छ्रे बैंकद्वारा बाढीपहिरो प्रभावितका लागि २ करोड १ लाख सहयोग

अर्थ प्लस
माछापुच्छ्रे बैंकद्वारा बाढीपहिरो प्रभावितका लागि २ करोड १ लाख सहयोग

काठमाडौँ / माछापुच्छ्रे बैंक लिमिटेडले रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिक तथा समुदायको राहत र पुनःस्थापनाका लागि २ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

बैंकले उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। सहयोग रकम बैंकका अध्यक्ष रोशन केसीले नेपाल सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।

बाढीपहिरोका कारण प्रभावित नागरिकको जनजीवन, घर तथा सम्पत्तिमा ठुलो क्षति पुगेपछि राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले उक्त रकम उपलब्ध गराएको जनाएको छ।

यसअघि पनि बैंकले विपत्तिलगत्तै प्रभावित नागरिकका लागि खाद्यान्न, ओढ्ने–ओछ्याउने लगायतका दैनिक उपभोग्य राहत सामग्री उपलब्ध गराइसकेको थियो।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको सहयोगले बाढीपहिरो प्रभावित नागरिक तथा समुदायलाई राहत उपलब्ध गराउन र पुनःस्थापना कार्यमा केही हदसम्म सहयोग पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ।

बैंकले यसअघि पनि विभिन्न प्राकृतिक विपद् तथा सामाजिक संकटका समयमा प्रभावित नागरिक तथा समुदायलाई राहत तथा सहयोग प्रदान गर्दै आएको जनाएको छ। 

आगामी दिनमा पनि समुदायको हित तथा विपद् प्रभावित नागरिकको सहयोगका लागि आवश्यक पहललाई निरन्तरता दिने बैंकले प्रतिबद्धता जनाएको छ।

सम्बन्धित समाचार