Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

नबिल बैंकले ४ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने, ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक

नबिल बैंकले ४ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने, ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक

अर्थ प्लस
नबिल बैंकले ४ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने, ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक

काठमाडौँ / नबिल बैंक लिमिटेडले ‘५.५ प्रतिशत नबिल डिबेञ्चर-२०९३’ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

मंगलबार भएको सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य कायम गरी १० वर्ष अवधिको वार्षिक ५.५ प्रतिशत ब्याजदरमा ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो। यसबाट कुल ४ अर्ब रुपैयाँ बराबरको ऋणपुँजी जुटाउने बैंकको योजना छ।

कुल ४० लाख कित्तामध्ये २४ लाख कित्ता ऋणपत्रबाट हुने २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपुँजी निजी तवर (Private Placement) बाट बिक्री गरिनेछ।

त्यस्तै, बाँकी १६ लाख कित्ता ऋणपत्रबाट हुने १ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपुँजी सार्वजनिक निष्कासनमार्फत बिक्री गरिने बैंकले जनाएको छ। यसमध्ये ५ प्रतिशत अर्थात् ६५ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

नबिल बैंक निजी क्षेत्रको अग्रणी वाणिज्य बैंकका रूपमा २६ लाखभन्दा बढी ग्राहकलाई देशभरका २६३ शाखा र ३१५ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ। चार दशकदेखि बैंकिङ सेवा दिँदै आएको बैंकले ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणालाई अगाडि बढाउँदै आएको जनाएको छ।

सम्बन्धित समाचार