Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग

नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग

अर्थ प्लस
नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग

काठमाडौं– नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घले रसुवाको भोटेकोशी बाढीबाट प्रभावितका लागि राहत, उद्धार र पुनर्निर्माण कार्य गर्न एक करोड एक लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ ।

सङ्घका अध्यक्ष श्री विकास दुगड तथा पदाधिकारीहरुले आज एक कार्यक्रमबीच अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई राहतवापतको सो रकमको चेक हस्तान्तरण गरेका हुन् । 

भदौ १० गते वुधवार विहान चीनको सिजाङ (तिब्बत) तर्फवाट आएको भीषण वाढीका कारण रसुवा, नुवाकोट, धादिङ्ग, चितवन, पुर्वी नवलपरासी लगायतका जिल्लाहरुका वस्तीहरुमा पुगेको अकल्पनीय रुपमा ठुलो मानवीय तथा भौतिक क्षति भएको तथ्य सवैले देखेका तथा महशुस गरेका छन । जसवाट ठुलो संख्यामा नागरीकहरु हताहत भएका, मृत्यु भएको, वेपत्ता भएको तथा धेरै नागरीकहरु घाईते भएको साथै घर सम्पत्ति र सार्वजनिक संरचनामा अपुरणीय क्षति पुगेको जानकारी हामी सवैलाई दुःखदायी रुपमा प्राप्त भएको छ ।

यस गम्भिर अवस्थालाई दृष्ट्रिगत गर्दै पिडित परिवारलाई तत्काल राहत, उपचार तथा अन्य आवश्यक सहयोग उपलव्ध गराउनका लागी सरकारले यथासम्भव सिघ्र कदम चाल्नुपर्ने वर्तमान अवस्था रहेको छ। साथै दिर्घकालीन समाधानका लागी प्रभावित क्षेत्रहरुको पुनःस्थापना तथा पुर्वाधार निर्माणमा समेत विशेष सर्तकता अपनाउन जरुरी रहेको छ । यस सम्वन्धमा सम्वन्धित निकायहरुको सक्रिय पहल, समयोचित निर्णय तथा आवश्यक सहयोगले पिडित परिवारलाई ठुलो राहत पुग्नेछ भन्ने हाम्रो विश्यास रहेको छ ।

र अन्त्यमा, आगामी दिनमा पनि हाम्रो संस्था सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोगात्मक कार्यमा संलग्न रहिरहने प्रतिवद्धता व्यक्त गर्दै यस दुःखद समयमा नेपाल सरकार लगायत सवै सम्वन्धित पक्षहरुको संवेदनशीलता र सहयोगले मात्र नागरीक एंव प्रभावित क्षेत्रहरुको पुनःस्थापना तथा पुर्वाधार निर्माणले गति लिन सक्ने धारणा यस संघको रहेको अवगत गराउदछौं ।

सम्बन्धित समाचार