काठमाडौँ / गरिमा विकास बैंक लिमिटेडले शेयरधनीहरूलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको भदाै १८ गते बिहीबार दिउँसो ४ः०० बजे बसेको सञ्चालक समितिको ३५१औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को अन्त्यमा कायम रहेको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजी ६ अर्ब २ कराेड १३ लाख ४८ हजारकाे १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित नगद लाभांशमा करसमेत समावेश गरिएको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरूलाई वितरण गरिनेछ ।
हाल ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ रुपैयाँ २२ पैसा चुक्ता पूँजी रहेको गरिमा विकास बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी बीसौँ वार्षिक साधारण सभाबाट पारित भएपश्चात बैंकको चुक्ता पुँजी ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २ सय ३ रुपैयाँ ९४ पैसा कायम हुनेछ ।
काठमाडौँको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले देशभर १२६ शाखा कार्यालय र ५१ वटा एटिमसहित ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
