Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सांग्रिला डेभलपमेन्ट बैंकको सीईओ बने रविन सिजापति

सांग्रिला डेभलपमेन्ट बैंकको सीईओ बने रविन सिजापति

अर्थ प्लस
सांग्रिला डेभलपमेन्ट बैंकको सीईओ बने रविन सिजापति

काठमाडौँ / सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रविन सिजापति नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको बैठकले सिजापतिलाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो।

यसअघि बैंकको सीईओको जिम्मेवारी सम्हाल्दै आएका सुयोग श्रेष्ठको कार्यकाल बिहीबारदेखि समाप्त भएपछि सिजापतिलाई नयाँ सीईओ नियुक्त गरिएको हो। 

सिजापति यसअघि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा वरिष्ठ नायब महाप्रबन्धकका रूपमा कार्यरत थिए। डेपुटी सीईओ सरहको उक्त जिम्मेवारीमा रहेका सिजापतिले यही असार मसान्तदेखि लागू हुने गरी राजीनामा दिएका थिए।

चार्टर्ड एकाउन्टेन्ट (सीए) समेत रहेका सिजापतिसँग बैंकिङ तथा वित्तीय क्षेत्रमा लामो व्यावसायिक अनुभव रहेको छ। वित्तीय व्यवस्थापन, बैंकिङ सञ्चालन, वित्तीय विश्लेषण तथा संस्थागत रणनीतिसम्बन्धी क्षेत्रका सिजापति सांग्रिला डेभलपमेन्ट बैंकका संस्थापकहरूमध्ये एकसमेत हुन्। 

करिब आठ वर्ष बैंकको नेतृत्व गरेका श्रेष्ठको कार्यकाल समाप्त भएसँगै नयाँ सीईओका रूपमा सिजापतिको नियुक्ति भएको हो। नयाँ नेतृत्वसँगै बैंकले व्यवसाय विस्तार, वित्तीय स्थायित्व तथा सेवा सुधारलाई थप प्राथमिकता दिने अपेक्षा गरिएको छ।

सिजापतिसामु बैंकको व्यवसाय विस्तारसँगै गुणस्तरीय कर्जा प्रवाह, जोखिम व्यवस्थापन, डिजिटल बैंकिङको विस्तार तथा प्रतिस्पर्धी विकास बैंकका रूपमा संस्थालाई थप सुदृढ बनाउने चुनौती रहनेछ।

सम्बन्धित समाचार