Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

उपत्यकामा ग्यास आपूर्ति सहज बन्दै, दैनिक ३५ हजार ग्यास सिलिन्डर पठाइँदै

उपत्यकामा ग्यास आपूर्ति सहज बन्दै, दैनिक ३५ हजार ग्यास सिलिन्डर पठाइँदै

अर्थ प्लस
उपत्यकामा ग्यास आपूर्ति सहज बन्दै, दैनिक ३५ हजार ग्यास सिलिन्डर पठाइँदै

काठमाडौंं - पृथ्वी राजमार्गका विभिन्न खण्डमा सडक अवरुद्ध भएपछि काठमाण्डौ उपत्यकामा ग्यास आपूर्ति प्रभावित बनेको अवस्थामा उद्योगीहरूले वैकल्पिक माध्यमबाट आपूर्ति बढाएका छन्। उपत्यकामा ग्यासको अभाव हुन नदिन चितवन, मकवानपुर, बारा, पर्सा, नवलपुर र धनुषालगायत जिल्लामा सिलिन्डर भरेर काठमाण्डौ पठाउन थालिएको छ।

नेपाल एलपी ग्यास उद्योग संघका अनुसार पछिल्ला तीन दिनमा मात्रै उपत्यकामा करिब ९३ हजार सिलिन्डर पठाइएको छ। बिहीबार २४ हजार, शुक्रबार ३४ हजार र शनिबार ३५ हजार सिलिन्डर काठमाण्डौ पठाइएको हो ।

सामान्य अवस्थामा काठमाण्डौ उपत्यकामा दैनिक करिब ४० हजार सिलिन्डर ग्यास खपत हुने गर्छ। सडक अवरोधका कारण नियमित रूपमा ग्यास बुलेट उद्योगसम्म पुग्न नसकेपछि खाली सिलिन्डरलाई ट्रकमार्फत उपत्यकाबाहिरका उद्योगमा पुर्‍याई त्यहीँ ग्यास भरेर पुनः काठमाण्डौ ल्याउने व्यवस्था मिलाइएको हो।

आपूर्ति सहज बनाउन वैकल्पिक व्यवस्था गरिए पनि यसको प्रत्यक्ष प्रभाव उपभोक्ताको मूल्यमा परेको छ। नेपाल आयल निगमले उपत्यकाबाहिर ग्यास भरेर ल्याइएका सिलिन्डरको बिक्री मूल्यमा प्रतिकिलोमिटर ढुवानीलगायत अतिरिक्त लागत समायोजन हुने गरी साविक मूल्यभन्दा रु. १०५.३८ बढी लिन अनुमति दिएको छ।

यससँगै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर रु. २,१६५.३८ पुगेको छ। यसअघि प्रतिसिलिन्डर रु. २०६० मा बिक्री हुँदै आएको थियो।

सम्बन्धित समाचार